Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

सुर्खेतमा यू–१९ क्रिकेट सिरिज हुने

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने भएको छ । एम.एस. क्रिकेट एकेडेमीको आयोजनामा उक्त सिरिज हुन लागेको हो ।

सिरिज असोज १९ र २० गते रंगशालामा सञ्चालन हुने एम।एस। क्रिकेट एकेडेमीका सौगात कार्कीले बताए । उनका अनुसार एम.एस. क्रिकेट एकेडेमी सुर्खेत र नेपाल स्टार्स क्रिकेट क्लव कोहलपुरबीच प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा पहिलो र दोस्रो खेल २०/२० ओभरको हुनेछ भने अन्तिम खेल ३० ओभरको हुने एकेडेमीका सञ्चालक एवं प्रशिक्षक रबिन्द्र जंग शाहीले बताए । उनले क्रिकेटलाई थप निखार ल्याउन र एकेडेमीका खेलाडीहरुको हौसला बढाउनका लागि उक्त सिरिज सञ्चालन गर्न लागेको जानकारी दिए ।


ताजा समाचार