Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

मालपोत कार्यालयमा कर्मचारीको चरम लापरवाही, कार्यालय भित्रैे ब्यबसाय चलाउँछन् लेखापढी


जाजरकोट,१८ असाेज । मालपोत कार्यालय जाजरकोट भित्रै लेखापढीहरुले आफ्नो ब्यबसाय सञ्चालन गर्ने गरेको पाईएको छ । मापदण्ड अनुसार लेखापढी ब्यबसायीहरु निजि कामका लागि बाहेक मालपोत कार्यालयको हाताभित्र समेत प्रबेश गर्न नपाउने भएपनि उक्त कार्यालयको कार्यकक्ष भित्रै बसेर लेखापढीहरुले काम गर्ने गरेका हु्न् ।
लेखापढीहरुले मालपोत कार्यालयमा काम मिलाईदिने भन्दै सेवाग्राहीहरुसँग मनपर्दी शुल्क समेत लिने गरेको पाईएको छ । ‘म यहाँ जग्गा पास गर्न यहाँ आएको हुँ’ मालपोत कार्यालयमा आएका एक सेवा ग्राहीले भने, ‘कागजातहरु सबै लेखापढी दाईले मिलाईदिनु हुन्छ ।अफिसका सरहरुलाई काम मिलाईदिनु भन्नु हुन्छ, अनि काम छिट्टै भईहाल्छ । उहाँले नै मागे जति पैसा दिनुपर्छ ।’
                                        कागजात पुरा नभएपनि काम मिलाईदिने लेखापढीको दाबी
मालपोत कार्यालय भित्र प्रबेश गरी आफ्नो ब्यबसाय सञ्चालन गर्ने लेखापढीले केही कागजातहरु पुरा नभएपनि काम मिलाईदिने दाबी गर्ने गरेको पाईएको छ । नियम अनुसार निजि काम बाहेक ब्यबसायका लागि मालपोतमा प्रशेब नै गर्न नपाउने लेखापढीहरुले मापदण्ड पुरा नभएपनि जग्गा पास गरीदिने दाबी गरेका हुन् ।
‘कुनै कुनै कागजात त पुरा नभएपनि म काम मिलाई दिन्छु नि किन चिन्ता लिनुहुन्छ’ मालपोत कार्यालय भित्रै ब्यबसाय सञ्चालन गरीरहेका लेखापढी खम्वा सिंहले भने, ‘कुनै कुनै सिफारी त नभएनि हुन्छ । भित्र सेटिङ मिल्छ नि । काम रोकिन्न क्या रे !’
मालपोत अधिकृतको लाजमर्दाे अभिब्यक्ती ः कहिलेकाँही कागजात नभएपनि काम मिलाई दिन्छौँ

मालपोत कार्यालयले कुनै समयमा कागजात पुरा नभएकाको पनि काम मिलाईदिने भन्दै मालपोत कार्यालय जाजरकोटका कार्यालय प्रमुख अभिबहादुर गिरीले लाजमर्दाे अभिब्यक्ती दिएका छन् । ‘कहिले काँही हामीले कुनै कागजात पुरा नभएपनि काम मिलाईदिन्छौँ तर सधैँ त्यस्तो हैन’ उनले भने, ‘हामीले सबै प्रकृया पुरा नगरी काम मिलाईदिनु त हुँदैन् । तर, कहिलेकाँही जनप्रतिनिधिहरु जिल्लामा नहुँदा उहाँहरुको सिफारीस बिना पनि काम मिलाईदिन्छौँ । सेवाग्राहीको सेवाका लागि केही कागजात पुरा नभएपनि काम मिलाई दिनुपर्ने बाध्यता हुन्छ ।’
कार्यालयको कार्यकक्ष भित्रै प्रबेश गरी लेखापढीले ब्यबसाय सञ्चालन गरीरहेपनि गिरीले भने त्यस बिषयमा आफुले पहिलो पटक थाहा पाएको बताएका छन् । ‘पहिले पहिले त सबै लेखापढीहरु कार्यलय भित्रै बसेर काम गर्ने गर्थे’ उनले भने, ‘हामीले केही महिना अघि कार्यलय भित्र प्रबेश गरी काम नगर्न भन्दै सूचना जारी गरेका थियौँ । त्यसपछि भने आज तँपाईले भन्नु भएपछि मात्रै थाहा पाएको हुँ । नत्र यस्तो कार्यालयमा हुँदैन थियो ।’
                                                          कार्यालयको साधनको दुरु प्रयोग गर्छन् कर्मचारी
बुधबार रीपोर्टिङको क्रममा मालपोत कार्यालयमा पुग्दा त्यहाँका कर्मचारीले कार्यालयको फाने निजि प्रयोजनका लागि प्रयोग गरीरहेको भेटिएको थियो । कार्यालयका कुसमिै अस्तब्यस्त पारामा बसेकी कर्मचारीले कार्यालयको फोन निजि प्रयोजनका लागि प्रयोग गरीरहेकी हुन् । कर्मचारीलाई त्यसरी निजि प्रयोजनका लागि कार्यालयको साधन प्रयोग नगर्न पटकपटक निर्दैशन गरीरहेको र आगामी दिनमा त्यस्तो नहुने कार्यालय प्रमुख गिरीले बताए ।
                                     मापदण्ड मिच्नेलाई कारवाही हुन्छ ः प्रजिअ बस्नेत
मापदण्ड बिपरीत आफ्नो काम गर्ने जो कसैलाई पनि प्रशासनले कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको भनाई छ । ‘सबैले आफ्नो क्षेत्रधिकार र कार्यक्षेत्र अनुसारको काम मर्यादित भएर गर्नुपर्छ’ प्रजिअ बस्नेतले भने, ‘यदी कोही कसैले नियम बिपरीत काम गर्छन् भने उनीहरुको बिषयमा थप कुरा बुझेर कारवाही गछौँ । त्यसरी मालपोत भित्रै प्रबेश गरेर कुनै लेखापढीले पनि काम गर्न पाउँदैनन् ।’


ताजा समाचार