Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

भेरी नगरपालिकाको प्रशंसनिय काम : भित्र्याइयो शिक्षामा आधुनिक प्रबिधी, टकिङ टिचर सिस्टम


जाजरकोट । गुणस्तरिय शिक्षाको लागि भेरी नगरपालिकाले आधुनिक प्रविधि भित्र्याएको छ । शिक्षण सिकाइलाई प्रभावकारी वनाउन नगरपालिकाले यस बर्ष आधुनिक प्रविधि भित्र्याएको हो । शिक्षणमा आधुनिक उपकरणको प्रयोग गरी बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न प्रविधि भित्र्याएको नगरप्रमुख चन्द्र प्रकाश घर्तीले बताउनु भयो ।

समय सापेक्ष मानियको टकिङ टिचर सिस्टमबाट शिक्षण गर्दा बालबालीकाहरु नैतिकवान, सृजनशील, योग्य र सक्षम बन्ने गर्दछन् । यो शिक्षण विधि पहिलो बर्ष नगरपालिकाका १३ वटा बिद्यालयमा प्रयोग गरिने भएको छ । बाल कक्षा देखि ५ कक्षामा सम्म टकिङ टिचर सिस्टम मार्फत शिक्षण गरिने भएको छ ।

यसकसो लागि करिव ४० लाख बराबरको रकमको खर्च हुने जनाइएको छ । अर्को बर्ष देखि सक्षम तथा सृजनशील जनशक्ति उत्पादन गर्न भेरी नगरपालिकाका ५५ वटै विद्यालयमा यो बिधि लागु गर्ने योजना बनाएको नगरप्रमुख घर्तीले बताउनु भयो । यो शिक्षण विधिबाट सिकाई गरिदा बिद्यार्थीहरुमा सिकाई प्रतिको रुचि निकै बढ्ने गरेको पाइएको छ ।

यो विधिमा बिभिन्न उपकरणहरुको प्रयोग गरी विद्यार्थीहरुको रुचि अनुसार शिक्षण क्रियाकलाव गरिन्छ । जस्ले गर्दा उनिहरुमा पढ्ने रुची बढ्दै जाने गर्दछ ।

परम्परागत शिक्षण बिधिहरुलाई परिवर्तन गरी आधुनिक, प्रविधियुक्त, बिद्यार्थी केन्द्रित शिक्षण सिकाईलाई भेरी नगरपालिकाले जोड दिएको नगरप्रमुख घर्तीको भनाई छ । यो सिकाई विधिले यस नगरपालिका भित्र कुनै पनि बालबालीका पढ्न बाट बन्चित नहुने उहाँको भनाई छ । टकिङ टिचर सिस्टम बिधिबाट बिद्यालयमा शिक्षाण सिकाई क्रियाकलाव सुरुगरेपछि बालबालिकामा प्राइभेट बिद्यालय प्रतिको मोह पुरै घट्ने नगरप्रखको विश्वास छ ।

शिक्षामा आधुनिक प्रबिधी : टकिङ टिचर सिस्टमको लागी यस बर्स छानियका बिद्यालयहरु :

१. वडा नम्बर १ को बागेश्वरी आधारभुत बिद्यालय

२ वडा नमबर २ को जनता आाधारभुत बिद्यालय पोखर

३. वडा नम्बर ३ को हनुमान प्रा.वि थाप्ले

४. वडा नम्बर ४ को भेरी प्रा.वि गैरिखाली

५. वडा नम्बर ५ को बजय मा.वि काफलचौर

६. वडा नम्बर ६ को लक्ष्मि मा.वि भेरे

७. वडा नम्बर ७ को सिमा मा.वि डौरीखोला

८. वडा नम्बर ८ को मस्टा प्रा.वि गिम

९. वडा नम्बर ९ को शिवशक्ति प्रा.वि

१०. वडा नम्बर १० भैरव नि.मा.वि भुरचौर

११. वडा नम्बर ११ दुर्गा नि.मा.वि महतारागाउँ

१२. वडा नम्बर १२ को विश्व प्रा.वि राताचौर

१३. वडा नम्बर १३ को भगवती मा.वि कुदु


ताजा समाचार