Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

हट तस्बिरका कारण नागिन फ्यानबीच निकै लोकप्रिय

मुम्बई । सानो पर्दामा ‘नागिन’ को नामले परिचित मौनी रायले ३४औं जन्मदिन मनाएकी छन् । जन्मदिनको अवसरमा उनले आफ्ना फ्यानका लागि सामाजिक सञ्जालमा आकर्षक तस्बिर पोस्ट गरेकी छन् । तस्बिर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘धूप’ । सानो पर्दाबाट ठूलो पर्दाका लागि संघर्षरत मौनीका हट तस्बिर उनका फ्यानबीच निकै लोकप्रिय छन् । मौनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । मौनीका बोल्ड अवतार कहिलेकाहीँ चलेका नायिकामाथि पनि भारी पर्ने गरेका छन् ।

मौनीले टीभीमा धेरै सिरियलमा काम गरिन् तर ‘नागिन’ को लिड रोलले उनलाई घरघरमा परिचित गरायो । यसका साथै मौनीले ‘देवों के देव महादेव’, ‘क्योंकि सास भी कभी बहु थी’, ‘जुनुन ऐसी नफरत तो कैसा इस्क’ जस्ता सिरियलमा पनि काम गरिन् ।

मौनीले केवल टीभी सिरियलमा मात्रै का गरिनन्, ‘झलक दिखला जा’, ‘जरा नच के दिखा’ जस्ता डान्स सो र ‘कमेडी नाइट्स’ जस्ता कमेडी सोमा पनि काम गरिन् । इसके अलावा मौनी ‘पतिपत्नी और वो’ ‘लिप सिंक बैटल’ जस्ता सोमा पनि देखिइन् ।

मौनीको जन्म २८ सेप्टेम्बर १९८५ मा पश्चिम बंगालको कुच बिहारमा बंगाली परिवारमा भएको थियो । मौनीले दिल्लीको मिरान्डा हाउस कलेजबाट शिक्षा लिइन् । त्यसपछि उनी आफ्ना अभिभावकको चाहनाअनुसार दिल्लीको जामिया मिलिया इस्लामिया युनिभर्सिटीमा मास कम्युनिकेसनमा भर्ना भइन् । तर उनले यो कोर्स पूरा भने गरिनन् । त्यसपछि उनी मोडलिङ गर्न मुम्बई लागिन् ।

लामो समयसम्म उनको अफेयर ‘देवो के देव महादेव’ का अभिनेता मोहित रैनासँग चल्यो । दुवै लामो समयसम्म उद्योगमा एकसाथ देखिए । तर अहिले उनीहरूको ब्रेकअप भएको चर्चा छ । टीभी अभिनेता गौरव चोपडासँग पनि उनको अफेयरको चर्चा चल्यो । एजेन्सी


ताजा समाचार