Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

कति छन् उत्तर कोरियासँग आणविक हतियार ?

काठमाडौं : महाशक्ति अमेरीकालाई नै थर्काइरहेको उत्तर कोरियासँग कति आणविक हतियार होलान ? यो सवैलाई कौतुहुलताको विषय छ । दुनियालई थार्काइरहेको उत्तर कोरियासंग करिव ६० वटा सम्म आणिविक हतियार भएको अुनमान दक्षिण कोरियाका एक अधिकारीले अनुमान गरेका छन् । दक्षिण कोरियाका उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले सोमबार संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरेको जनाइएको छ । उनले गुप्तचर निकायबाट सुचना प्राप्त भएको जनाएका छन् । तर दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन । मन्त्रालयले उत्तर कोरियालाई आणविक हातहतियारविहीन राष्ट्र बनाउने योजनालाई निरन्तरता दिइने बताएको छ ।

उत्तर कोरियासँग के कति आणविक हातहतियार छ भन्ने दक्षिण कोरियाको पछिल्लो अनुमान विगतमा गरिएको अध्ययनकै सेरोफेरोमा आएको बताइन्छ । दक्षिण कोरियाको एक प्रतिवेदन अनुसार, उत्तर कोरियाले ५० किलोग्राम प्लुटोनियम उत्पादन गरेको छ, यसबाट कम्तीमा आठवटा बम बनाउन सकिन्छ । उज्यालो अनलाइनमा समाचार छ ।

धेरै विदेशी विज्ञहरुले उत्तर कोरियाले अरु पनि गोप्य युरेनियम–प्रशोधन प्लान्टहरु सञ्चालन गरेको दाबी गरिरहेका छन् । उत्तर कोरियाले पछिल्ला दिनहरुमा संयुक्तराज्य अमेरिका र दक्षिण कोरियासँग थप आणविक हतियार निर्माण गर्ने कार्यक्रम स्थगित गर्ने प्रतिबद्धता जनाइसकेको छ ।


ताजा समाचार