Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

जनप्रतिनिधि र कर्मचारी जनताको सेवक हुन् ः मन्त्री रावल

रेशम बहादुर खडका 
जाजरकोट,१७ असाेज । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलले जनप्रतिनिधि र सरकारी कर्मचारीहरु शासक नभई जनताको सेवक रहेको बताएका छन् । मङ्लबार जाजरकोटको जिल्ला सदरमुकाममा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावलले जनप्रतिनिधि र कर्मचारीहरु जनताको सेवक रहेको बताएका हुन् ।
जनप्रतिनिधिहरुले निस्वर्थ जनताको सेवामा नलागे संघियता सफल पार्न नसकिने बताउँदै रावलले सबै जनप्रतिनिधिहरुलाई जनताको चाहाना र आबश्यकताको आधारमा योजना ल्याउन आग्रह गरे । ‘जनप्रतिनिधि र सरकारी कर्मचारी शासक हैनन्, सेवक हुन’ मन्त्री रावलले भने,‘जनप्रतिनिधि र कर्मचारीहरु जनताको सेवामा निरन्तर खटिनुपर्छ । जनताको माग र आबश्यकताका परापुर्तीका लागि जुनसुकै ठाउँमा पनि पुग्न सक्नु पर्छ ।’

संघिय सरकारले सम्पूर्ण सरकारलाई समान अधिकार दिएकाले कुनै पनि सरकार सानोठूलो नभएको उनको भनाई छ । ‘संघिय सरकारमा आएपछि कुनै सरकार सानो ठूलो भन्ने हुँदैन’ उनले भने, ‘सबै सरकारले जनताकै पक्षमा काम गर्ने हुन । सबै सरकारमा जनताले नै भोट हालेर जिताएका जनप्रतिनिधिहरु हुन्छन् । सबैको दायीत्व जनताको पक्षमा बराबर हुन्छ त्यसैले कोही सानो ठूलो हुँदैनन् ।’ कुनै पनि सरकारले संबिधानले दिएको अधिकार भन्दा माथि उठेर काम गर्न नहुने उनले बताए ।

स्थानीय सरकारले जनताको चाहाना र आबश्यकता अनुसारका बिकास निर्माणको योजना ल्याएमा पैसा अभावको कारण काम नरोकीने रावलको भनाई छ । ‘बिकासको काममा पैसा हैन, सहकार्य आबश्यक हुन्छ’ उनले भने, ‘यदी तँपाईहरुले जनताको पक्षमा योजना ल्याउनु हुन्छ भने तँपाईलाई पैसाको अभाव हुँदैन् । तर, योजना ल्याउनु पर्छ ।’ प्रदेश सरकारसँग स्थानीय सरकारको सहकार्यमा बिकास निर्माण गर्नका लागि करोडौँ रकम रहेपनि हुनै स्थानीय तहले पनि योजना नल्याएको भन्दै उनले गुनासो गरे ।

‘हमीसँग करोडौँ बजेट यत्तिकै बसिरहेको छ’ उनले भने, ‘प्रदेश सरकारसँग भएको त्यो बाँकी रकम स्थानीय सरकारसँगको सहकार्यमा बिकासका कामका लागि हो । तर, अहिले सम्म कुनै बिकासको योजना बोकेर कुनै स्थानीय तह हामीसँग सहकार्य गर्न आएका छैनन् ।’ संघियता कार्वान्वयन सुरु भएकाले यसलाई सफल बनाउन तीन ओटै सरकार एकजुट भएर लाग्नु पर्ने रावलले बताए ।

संघिय सरकार कार्वान्वयन पछि बनेका तीन तहको सरकार मध्ये सबैभन्दा बलियो सरकार नै स्थानीय सरकार भएको उनको भनाई छ । ‘अहिले सबैभन्दा बलियो सरकार भनेकै स्थानीय सरकार हो’ उनले भने, ‘किनकी स्थानीय सरकार एउटा मात्रै त्यस्तो सरकार हो जस्ले जनताको जन्म दर्तादेखि मृत्यु दर्तासम्म गर्न पाउँछन् । जनताको जनजीवनसँग प्रत्यक्ष सहकार्य गर्न पाउँछन् ।’

सोही कार्यक्रममा आफ्नो भनाई राख्दै कर्णली प्रदेशका सांसद कृष्ण शाहले जाजरकोटमा कम बजेट आएको बिषयमा समिक्षा गरीने आश्वासन दिएकी थिईन् । ‘प्रदेश सरकारबाट जाजरकोटमा के कारण कम बजेट आयो ?’ उनले भनिन्, ‘हामीले पटकपटक जाजरकोटका समस्या र सम्भावना प्रदेश सरकारलाई बताएकै छौँ । तर, पनि किन यहाँ यस आर्थिक बर्षमा कम बजेट आयो यो बिषयलाई फेरी पुर्नबिचार गरी सच्चाँउन हामी फेरी सरकारसँग समन्वय गर्नेछौँ ।’


ताजा समाचार