Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

सुर्खेतमा जनता टेलीभिजनको प्रदेश कार्यालय उद्घाटन


सुर्खेत । सुर्खेतको विरेन्द्रनगरमा जनता टेलीभिजनको कर्णाली प्रदेश कार्यालय स्थापना भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमवार कार्यालयको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सडक सञ्जाल नजोडिएसम्म कर्णालीको विकास सम्भव नभएको बताउनु भएको छ । उहाँले कर्णालीको विकासमा सडक सञ्जाल अपरिहार्य भएको बताउनु भएको छ । उहाँले कर्णाली गरिब नभएको र अरु मेहेनती बन्नु पर्ने बताउनु भयो ।

जनता टेलिभिजनका निर्देशक नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, मध्यपश्चिम विश्वविद्यालयका उपेन्द्र कोइरालालगायत सुर्खेतका नागरिक समाजको उपस्थिति छ ।

जनता टेलिभिजनले प्रदेश नम्बर ३ बाहेक ६ वटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेको छ ।


ताजा समाचार