Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

चौहरजारी सडक खण्डमा दुर्घटनाको वढ्न थाल्यो

दुर्गा वि.सी.
असोज १४, चौहरजारी । बन्गाड कुपिण्डेको वडा ६ सुनौलिवजारबाट सल्लीवजार आउँदै गरेको सुपरफाष्ट यातायातको भ्यान शनिवार राती आमखोलीमा दुर्घटना भएको छ । भे १ ज ८२८ नम्बरको भ्यान राति ११ बजे दुर्घटनामा परेको हो ।

तिव्रगतीमा रहेको भ्यान सडक देखि ३० मिटर तल खसेको छ । चालक भिम वहादुर घर्तिका अनुसार व्रेक फेल भएर दुर्घटना भएको वताए पनि ईप्रका सल्लीवजारले भने चालक अत्यधिक मदिरा सेवनका कारण दुर्घटना भएको दावि गरेको छ ।

सुपरफाष्टको नयाँ गाडि अत्यधिक गति र चालकको लापरवाहिले दुर्घटना भएको आंशका गरिएको छ । यात्रु छोडेर फर्कने क्रममा भ्यान दुर्घटना भएको हो । गाडिमा सवार चालक र सह चालक भने सकुशल रहेको वताएको छ । उक्त सडक खण्डमा गाडि व्यवसायीहरुले लापरवाहिरुपमा गाडि हाँकिको पाईन्छ ।

प्रहरी चेकजाँच कमी र सिकारुले गाडि चलाउँदा सल्ली रुकुम चौहरजारी सडक खण्डमा दुर्घटनाको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको । सल्लीवजार देखि रुकुम चौहरसम्म चालकले सिकारु सहचालकलाई गाडि चलाउन दिने गरेको स्थानीयको दावि छ । केहि दिन अघि मात्रै २ वटा ट्याक्टर ४ वटा अटो दुर्घटनामा परिसकेका छन् ।


ताजा समाचार