Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

दुःखद घटना : दसैंमा घर लिप्ने माटोले एकै घरका तिन जनाको ज्यान लियो


दाङ । दसैंका लागि घर लिप्ने माटो खन्न गएका एकै घरका तिन जनाको माटोको ढिस्कोमा पुरीएर ज्यान गएको छ । घर पोत्ने माटो लिन गएका राप्ती गाउँपालिका ४ मौरीघाटका एकै घरका तीन जनाकोे ढिस्कोले पुर्दा ज्यान गएको हो ।

शनिवार माटो खनिरहेको अवस्थामा माथिबाट माटोको ढिस्को खसेर पुर्दा राप्ती गाउँपालिका ४ मौरीघाटका शिउचरण चौधरीका तीन जना परीवारको ज्यान गएको दाङ प्रहरीले जनाएको छ ।

चौधरीका ३० वर्षकी छोरी श्यामा चौधरी, २५ वर्षकी भाइ बुहारी निनाकुमारी चौधरी र १२ वर्षिय नातिनी रोजिना चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी एवं प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनु भयो ।

दशै नजीकीकै गर्दा परिवारका तीन सदस्यको मृत्युले चौधरी परिवार शोकाकुल भएको छ । अहिले गाउँ शोकमा डुबेको छ । बिहान घर नजिकै रहेको दोलइ खोलामा माटो खन्न गएका आमाजु–बुहारी र भतिजी माटो लिन गएको जनाइएको छ ।

दिनमा अबेरसम्म घर नफर्केपछि खोजी गर्दा दोलैखोलाको माटोमा पुरिएको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । उनिहरु तिनै जनाको घटनस्थलमै ज्यान गएको थियो ।


ताजा समाचार