Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

खाल्डोमा खसेको बाघकाे सकुसल उद्धार

सुर्खेत १३ असाेज। सुर्खेतमा शुक्रबार एउटा बाघको उद्धार गरिएको छ। खाल्डोमा खसेको बाघलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। भेरी गंगा नगरपालिका ९ को शान्तिपुर गाउँमा कुवा खन्दै गरेको अन्दाजी ७/८ फिटको खाल्डोमा खसेको बाघको उद्धार गरिएको हो।

ओत जातको बाघलाई इलाका प्रहरी कार्यालय छिन्चुको टोलीले उद्धार गरी इलाका सव डिभिजन कार्यालय छिन्चुमा बुझाइएको सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए।

बाघ खाल्डोमा खसेको जानकारी पाएलगत्तै उद्धारमा खटिएको चौधरीले बताए। उनकाअनुसार उद्धार गरिएको बाघ इलाका सव डिभिजन कार्यालयका फरेष्टर प्रताप खत्रीको जिम्मा लगाइएको छ।


ताजा समाचार