Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

प्रमाणपत्र कृत्य गर्ने जाजरकोटका दुई युवा प्रहरीको फन्दामा


जाजरकोट । शैक्षिक योग्यताको प्रमाणपत्र कृत्य गरेको अभियोगमा दुईजना प्रहरीको फन्दामा परेका छन् । कृत्य प्रमाणपत्र बनाउन लगाउने छेडागाड नगरपालिका ४ दसेरा जाजरकोटका सुनिल परियार र बनाउने कम्प्युटर पसल संचालक तेजराज बिष्ट प्रहरीको फन्दामा परेका हुन् ।

भेरी कम्प्युटर पसलका संचालक बिष्ट र परियारलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुईजनालाई मुद्धा दर्ता भई सुक्रवार अदालतबाट ५ दिनको म्याद थप गरी थुनामा राखिएको निमित्त प्रहरी प्रमुख इन्द्रजित सुनारले जानकारी दिनु भयो ।

रामानन्द माध्यामिक विद्यालय जेवा दसेराका छात्र परियारले बास्ताविक जन्म मिति भन्दा चारीत्रिक प्रमाणपत्रमा जन्म मिति फरक परेपछि नयाँ नक्कली बनाइ दिन बिष्टलाई आग्रह गरेका थिए ।

कम्प्युटर पसल संचालक बिष्टले उनिवाट रकम लिई आफ्नो कम्प्यूटरमा नयाँ डिजाईन गरी प्रधानाध्यापकको सहि समेत आफै गरी नक्कली प्रमाणपत्र बनाईदिएको पाइएको निर्मित प्रमुख सुनारले जानकारी दिनु भयो ।

लिखत सम्वन्धी कसुर वमोजिम ७० हजार जरिबाना र ७ वर्ष सम्मको जेल सजय हुन सक्ने नयाँ कानुनको दफा २७६ उपदफा ३ को (ग) मा उल्लेख छ ।


ताजा समाचार