Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

डोजरले कुल्चेर बालकको मृत्यु

सुशिल सिंह
जाजरकोट,असोज १२। कुशे गाउपालिका वडा नं २ टालेगाउमा बिहिबार बेलुका डोजरले कुल्चेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउपालिका २ कै स्थानिय कर्ण बहादुर सिंहको ७ बर्सिय छोरा धिरेन्द्र सिहं रहेका छन ।

सडकको स्थरोउन्नत गरिरहेको डोजर (बिहिबार) हिजो बेलुका करिब ६:१५ को समयमा टालेगाउ तिर फर्कने क्रममा डोजरले कुन्चेर उक्त बालक को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्द्र जित सुनारले जानकारी दिए।

बालक को घटना स्थलमै मृत्यु भएको थियो । शबलाई अहिले पोस्टमाडमका लागि भर्खरै सदरमुकाम खलंगामा पुर्याइएको निमित्त प्रमुख सुनारले बताए । त्यो डोजर भने वडा नं २ का वडा अध्यक्ष जनक शाहीको रहेको छ । र घटनाको क्रममा उक्त डोजर अध्यक्ष शाहिकै साला गोरख सिंहले चलाएक थिए ।


ताजा समाचार