Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

श्रीमतीले सम्बन्ध विच्छेद गरेपछी श्रीमानले भने : कागजी रुपमा त बाहिरीयौ नानु तर मेरो मुटुवाट कहिल्यै बाहिरीने छैनौ


काठमाडौं । पछिल्लो समय अदालतहरुमा सम्बन्ध बिच्छेदको घटना बढी रहेका छन् । यस्तै सम्बन्ध बिच्छेदको घटना शिकार बने स्कट नेपाल दोहोरि चलाउदै आएका निलमणि भण्डारी । जन्मेको सात महिना मै हातमा घाउ आएपछी समयमै उपचार पाउन नसकेपछी उनि शारिरिल्क रुपमा अशक्त बने पनि मानसिक रुपमा अब्बल थिय। गायन र बाध्यबादनामा निखारेका कलाकार निलमणि भण्डारी प्रत्यक्ष गाएनामा अब्बल मानिन्छन ।

आफु अशक्त भएपनि उनले गित गएरै आर्थिक सहयोग गरेका छन् । शारीरिक रुपमा ठगीएका निलमणि भण्डारीलाई भाग्यले पनि ठगेको छ अझ यसो भानम उनको ११ बर्षे बैबाहिक जिबनमा पूर्ण्विराम लागेको छ । काठमाण्डौं जिल्ला अदालतवाट औपचारिक रुपमा श्रीमतीले सम्बंध बिच्छेद गरेपछी उनले सामाजिक संजाल फेसबुकमार्फत निकै मार्मिक स्टाटस लेखेका छन् ।
हेर्नुहोस उनको स्टाटस जस्ताको तेस्तै

आजको दिनलाई मैले कालो दिनको रुपमा मनाउने छु! काठमाण्डौं जिल्ला अदालत मेरो लागि यमराजको घर बन्यो आज!त्यही यमराजको ढोका भित्रका यमदुतहरूले तयार पारीदिएको बादी प्रतिबादी नामक छोडपत्रको कागजमा हस्ताक्षर धस्काएर वर्षौं लगाएर जोडिएको सम्बन्ध र सम्बन्धलाई जोगाई राख्नका निमित्त मैले गरेको हदै सम्मको प्रयास र हदैसम्मको क्षमा याचनाबाट मैले हारेँ नानु!तिमीले जित्यौ! तिमी सधैँ सुखी रहू नानु सधैँ खुसी रहू! कागजी रुपमा तिमी र म बिचको सम्बन्ध त सकियो आजबाट!

तर मेरो अन्तर हृदयबाट तिमी कहिल्यै बाहिरीने छैनौ!भगवानको रुपमा तिमीलाई पुजीरहनेछु यो जुनी भरी! बाँची रहने छेऊ मेरो आँखाको नानी बनेर! मैले बनावटी मायाँ देखाउन नजान्दा यति ठूलो विछोडको पीडा पाएँ! अर्को जुनीमा तिमी भगवान भएर जन्मनु है? अनि मेरो मुटुभित्र पसेर खोजी खोजी छामी छामी हेर्नु कति मायाँ गर्थ्यो भनेर!धन्यवाद छ तिमीलाई नानु!एघार वर्ष सम्म मेरो सेवा गरेऊ,सायद पूर्व जुनीमा मेरो ऋण खाएकी थियौ होला,चुक्ता गरेँ भनेर चित्त बुझाऊनु!

यदी तिमी अर्को जुनीमा मानव भएर जन्मिएऊ भने जीन्दगी भरी तिम्रो सेवा गर्नेछु! मलाई नसराप्नु है नानु! तिमीलाई गुन लगाउन सकिनँ, तिमीले लगाएको गुन को ऋणी छु नानु! अन्तमास् तिमी सँग जोडिएका चीजहरु म सँग सुरक्षित छन्! जुन् चिजलाई छुँदा पनि तिमीलाई नै स्पर्श गरेको महशुस हुनेछ, ती सारा चीजहरुमा तिम्रो बासना आऊने छ! तिमीलाई मासु कति धेरै मन पर्थ्यो है नानु?जतीबेला म राती राती दोहोरी साँझमा काम गर्थेँ! धेरै पैसा हुँदैनथ्यो म सँग!ग्राहकहरुले दिएको टिप्सबाट एक पावा मासु ल्याएर खललल झोल् हालेर पकाईदिन्थेँ म!

कति मीठो मानेर त्यो झोल् सँग भात खान्थेऊ नी है?त्यसैले आजकै दिनबाट मैले खाँदै आएको मासुलाई त्यही अरुका लागि अदालत,तर मेरो लागि यमराजको ढोकामा चढाएर आएको छु! खै कस्को पापी नजर लाग्यो कुन्निँ हाम्रो मायाँमा!चाहे दैव को नै नजर लागेको भए पनि म सधैँ आकाशमा ऊँडेका ती बडेमानका जहाजलाई टुलुटुलु हेरेर बसिरहनेछु! तिमी बिदेशबाट नेपाल आएका बखत र नेपाल बाट विदेश ऊँडेका बखतमा जहाजको झ्यालबाट मलाई नियाँल्नु है? म जहिले सम्म यो संसारमा रहन्छु,त्यहिले सम्म तिम्रै नाम पुकारी रहेको हुनेछु,र जीवनको अन्तीम घडीमा पनि तिम्रै नाम जप्दै मेरो प्राँण जानेछ!!ऊही तिमीलाई मायाँ गर्ने पागल प्रेमी !!!
(सिधाकुरा नेपालबाट)


ताजा समाचार