Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

फेसबुकमा फोटो राख्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस, फेसबुकमा फोटो राख्दा दुइ पक्राउ

काठमाडौं । प्राचीन एवं पवित्र धार्मिक स्थलमा अर्धनग्न फोटो खिचेको आरोपमा श्रीलंकाली प्रहरीले तीन युवालाई पक्राउ गरेका छन् । तीन युवाहरुले पिडुरङ्गला रकमा आफ्नो अर्धनग्न तस्बिर खिची फेसबुकमा पोस्ट गरेका थिए ।

 

फोटो सार्वजनिक भएपछि श्रीलंकाका स्यानीयहरुले तीन युवाहरुलाई एकदमै गाली गरेका छन् । उनीहरुले आफ्नो धर्मको अपमान भएको भन्दै तीन युवकहरुलाई कडा कारबाहिको माग गरेको बीबीसीले जनाएको छ ।

फोटो खिचेको स्थान युनेस्कोको विश्व सम्पदा सुचीमा रहेको बौद्ध भिक्षुहरुले बताएका छन् । यसले आफ्नो धर्मको अपमान भएको भिक्षुहरुको भनाई छ । श्रीलंकाका प्रधानमन्त्री रणील विक्रमेसिंघे यस घटनाको बारेमा प्रहरी अनुसन्धान गर्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

जनता समाचारबाट साभार 


ताजा समाचार