Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

बिक्रम रानामगरले ल्याए ‘पोथी काली काली’ (भिडियोसहित)

काठमाडौं : गायक बिक्रम राना मगरले ‘पोथी काली काली’ बोलको लोकदोहोरी गीत बजारमा ल्याएका छन्। बहुचर्चित लोकदोहोरी शब्द संकलन करण न्यौपानेको शब्द तथा संगीत रहेको उक्त गीतमा बिक्रम राना र पूर्णकला विसीले स्वर दिएका छन्।

डान्सिङ बिटमा रहेको ‘पोथी काली काली’ बोलको उक्त लोकदोहोरी गीतको म्युजिक भिडियो मौसम हिमालीले निर्देशन गरेका छन् । करन चैसिरले छायांकन गरेको भिडियोमा मोडल तथा गायक सन्दिप न्यौपाने तथा सोमिया राना मगरले नृत्य तथा अभिनय गरेका छन् ।

तिर्सना म्युजिकको प्रस्तुती रहेको उक्त गित म्युजिक नेपालले बजारमा लिएको हो । केशब बडुले एरेञ्ज गरेको उक्त गीतको म्युजिक भिडियो बिपी फिल्मस् नेपालले निर्माण गरेको हो। म्युजिक भिडियो प्रबिन भट्टले सम्पादन गरेका छन् ।

(भिडियोसहित)

 


ताजा समाचार