Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

पर्यटन पत्रकार महासंघ’को तेस्रो केन्द्रीय साधारण सभा सम्पन्न

काठमाडौँ, ९असोज । ‘नेपाल पर्यटन पत्रकार महासंघ’को तेस्रो केन्द्रीय साधारण सभा २०७५ उद्घाटन सत्र सम्पन्न भएको छ । मंगलवार  काठमाडौको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको  तेस्रो केन्द्रीय साधारण सभा कार्यक्रममा प्रमुख अतिथी रुपमा संघीय सभाका सभामुख कृष्ण बहादुर महरा र पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्माको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा सभामुख महराले पर्यटन पत्रकार महासंघले राम्रो कामको शुरुवात गरेको बताए । उनले नेपालमा पर्यटनको धेरै सम्भावना रहेको भन्दै नेपाललाई समृद्धिको बाटोमा अगाडी बढाउन पनि पर्यटनको ठुलो भुमीका रहेको दावी गरे । उनले पर्यटन पत्रकार महासंघलाई अगाडी बढ्न सफलताको सुभकामना समेत दिएका थिए ।

त्यस्तै पर्यटन पत्रकार महासंका अध्यक्ष धनीराम शर्माले देशलाई समृद्धिको बाटोमा लानका लागि पत्रकारको ठुलो भुमीका रहेको बताए । हिजोका दिनमा राजनितिक आन्दोेलनमा पत्रकराहरुले ठुलो भुमीका निर्वाह गरेको भन्दै शर्माले अव पत्रकारहरु आर्थीक अभियानमा लाग्नु पर्ने बताए ।

नेपाल आर्थीक स्थितिमा निकै कमजोर भइरहेको समयमा यसलाई बलीयो बनाउदै नेपाललाई समृद्धिको यात्रामा अगाडी बढाउन पनि पत्रकारले ठुलो भुमिका निर्वाह गर्ने उनको जिकिर छ ।

देशको समृद्धिको विकाशको लागि पर्यटनको ठुलो भुमिका रहेको शर्माले बताए । उनले देशलाई समृद्धिको बाटोमा लानका लागि सरकारको सहयोगको पनि अपिल गरेका छन् ।

कार्यक्रममा सभामुख महरा,पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्मा लगाएत पर्यटन पत्रकार महासंघका पर्यटन क्षेत्रमा रहेका अन्य पत्रकारहरु र विभिन्न व्यक्तिहरुको उपस्थित रहेका थिए ।


ताजा समाचार