Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

चेतनाको परिवर्तन नभए जातिय बिभेद अन्त्य असम्भव ।


जाजरकोट,८असोज ।
समाजमा रहेका बिभिन्न जातीय बिभेदहरु स्थानीयहरुको चेतनामा परिवर्तन गर्न नसके अन्त्य नहुने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जिल्लाका बिभिन्न ठाउँमा हाल सम्म पनि गैर दलितको अगाडि दलित समुदाय अरुको अगाडीे सिर नीहुराएर हिड्नु पर्ने बाध्यता रहेको वताएका छन ।

यसको अन्त्यको लागि सम्बन्धीत सरोकार वाला निकायहरुले समाजमा चेतनामा परिवर्तन गर्नु पर्नेमा जोड दिए का छन । आज जिल्ला सदरमुकाम खलंगामा नेपाल राष्टिय दलित समाज कल्याण सँघ जाजरकोटले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले उक्त धारणा व्यक्त गरेका हुन ।

जिल्ला प्रहरी कार्यालयको तथ्याँङक अनुसार जाजरकोटको इतिहाँसमै हाल सम्म २०६९ सालमा १ ओटा वाहेक जातिय बिभेदका मुद्धा दर्ता नभएको प्रहरी निरीक्षक इन्द्रजित सुनार ले व्यक्त गर्नु भयो ।

यस्तै कार्यक्रममा बोल्दै शिवालय गाउँपालीकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले जाजरकोट जिल्लामा रहेको खलीया प्रथा लाई अन्त्य गर्नको लागि सबै सरोकार वाला निकायहरु लाग्नु पर्ने बताउनु भयो । उहाँका अनुसार आर्थिक रुपमा विपनना दलीत जातीहरु वढि जसो जातिय बिभेदमा रहेका भन्दै आफनो अधिकार को खोजीका लागी सशक्त रुपमा अगाडी वढ्ना आह्वान गर्नु भयो ।

आफनो गाउँपालीका भित्र रहेका आर्थिक रुपले विपन्ना दलितसमुदायका लार्गी बिभिन्न सिप बिकास तालीमको आयोजना गरिएको यसलाई निरन्तर रुपमा अगाडी वढाउने प्रतिवद्धता समेत गर्नु भयो  । यस्तै प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले हाल जिल्लामा जातिय बिभेद सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । जिल्लामा जातीय बिभेद गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने प्रजीअ बस्नेत को धारणा थीयो ।


जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख ज्ञानी प्रसाद शर्माले जातिय विभेद अन्त्य गर्नका लागी सवैले आ आफ्नो क्षेत्रवाट भुमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।नेपाल राष्टिय दलित समाज कल्याण सँघ जाजरकोट ले शिवालय गाउँ पालिकामा ३ वर्ष सम्म सन्चालन गनेृ साझा परियोजना अन्तरगत उक्त कार्यक्रम आयोजना गरीएको हो ।


ताजा समाचार