Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

शिवालय गाउँपालिकाका सबै वडामा निशुल्क इन्टर्नेट सेवा


जाजरकोट,८ असोज । जाजरकोटको शिवालय गाउँपालीकाका सबै वडाहरुमा निशुल्क इन्टर्नेट सेवा सुचारु हुने भएको छ । शिवालय गाउँपालीकाका अध्यक्ष नरेन्द्र कुमार शाहीको बिशेष पहलमा गाउँपालीकाका सबै वडाहरुमा निशुल्क इन्टरनेट सेवा सुचारु गर्न लागेको शिवालय गाउँपालीकाले जानकारी दिएको छ ।

शिबालय गाउपालिका वडा नम्बर ८ को गुरासे डाडामा धयचमि ष्लिप को ईन्टरनेट टावर स्थापर्नो काम सप्पन्न भइ तत्काल काम सुरु गर्ने अध्यक्ष शाहीले बताए । शाहीका अनुसार गाउँपालीकाका बिभिन्न वडाहरुमा सुचना संचार सेवा बाट बन्चीत भएकामा हाल वडा कार्यालय बिद्यालयहरु, सरकारीकार्यालयहरुमा निशुल्क इन्टरनेट सेवा प्रदान गर्न लागिएको हो ।

शाहीका अनुसार अबको दस दिन भित्र ईन्टरनेट सेवा सुचारु हुने इन्टरनेट बाट गाउँपालिका ,सबै वटा वडाकार्यालय तथा सम्पुर्ण बिधालय र अन्य सम्पूर्ण सरकारी कार्यलय हरुले दुई बर्ष सम्म निशुल्क रुपमा नेट सञ्चालन गर्ने बताए ।

हाल शिवालय गाउँपालीकाम टेलीफोन सेवा भरप्रदो नहुदा यहाँका बासिन्दा दैनीक फोन सेवा बाट बन्चीत भएका छन । दैनीक निशुल्क इन्टरनेट सेवा बाट देश तथा बिदेशमा रहेका आफन्त संग प्रत्यक्ष सम्पर्क सहज हुने स्थानीय हरुले खुसि ब्यक्त गरे ।


ताजा समाचार