Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

जाजरकाेटमा स्वास्थ्यकर्मी द्धारा मनोमानी हाजीरि


जाजरकोट ,८ असोज । जाजरकोटको जुनिचाँदे गाउँपालीका वडा न ११ मा रहेको कोताङ्ग स्वास्थ्य चौकीमा  एक स्वास्थ्य कर्मीले मनोमानी हाजिरी गरेका छन । चितवन मा कार्यरत अहेव पार्वती अधिकारी ले मनाेमानी ढंगले हाजीरि लगाएकाे पाइएकाे छ ।

असोज ४ गते जिल्ला स्वास्थ्य जाजरकोट देखि स्थानीय तह संग कुनै जानकारी नदिइ कार्यालयमा मनोमानी हाजीरि गरिएको जुनिचाँदे गाउँपालीकाका स्वास्थ्य शाखा प्रमुख बिष्णू गिरीले जानकारी दिए । गीरीका अनुसार गाउँपालीका भित्र रहेको सञ्चालनमा रहेका स्वास्थ्य कर्मिहरुको सरुवा भएर आए पछि सम्बन्धीत गाउँपालीकामा जानकारी नदिइ अाफु खुसि स्वास्थ्य कार्यालयमा हाजिरी लगाएकाे बताए ।

जिल्ल जनस्वास्थ्य कार्यालयमा  कुनै अतोपतो नदिइ कोर्ताङ्ग स्वास्थ्य चौकीमा आफनो मनोमानी ढंगले हाजिरी गरेपछि हाल कामकाजम समेत अन्यउल भएकाे छ  । उता स्वास्थ्य चौकी कोताङ्गमा कार्यरत अहेव सतेन्द्र यादवका अनुसार स्वास्थ्य चौकी कोर्ताङ्गमा २ जनाको अहेव पदमा कार्यरत सतेन्द्र यादव र रामप्रबेश यादव हाल दरवनदी अनुसार कार्यरत रहेको ठाउमा एका एक आएर हाजीरि भएको जानकारी दिए ।

असोज ४ गते बिहान अधिकारी आउनु भयो हामीलाइ कुनै जानकारी नदीइ आफनो नाम आफै लेख्नु भयो अनी हाजीरी लगाउँनु भयो । हामी लाइ कुनै जानकारी भएन हामीले जनस्वास्थ्य प्रमुख राम बहादुर नेपाली लाइ खबर गर्दा कुनै जानकारी भएको छैन अहिले हाजीर हुन नदिनु होला भन्नु भएकोमा अहेव अधीकारी आफुखुसी हाजिर भएको समेत यादवले जानकारी दिए । उता जिल्ला जनस्वास्थ्य प्रमुख राम बहादुर नेपालीलाइ सम्पर्क हुन सकेको छैन ।

उता जुनिचाँदे गाउँपालीकाका अध्यक्ष कृष्ण बहादुर केसीले अाफुलाइ कुनै जानकारी नगराइ सुन्नमा अाएकाे वडा अध्यक्ष अमर बहादुर शाही लाइ यथार्थ बिवरण बुजेर अानावश्यक भए थप प्रकृया अगाडि बढाउने बताउका छन । ७ गते वडा न ११ का वडा अध्यक्ष अमर बहादुर शाहीले याे अनावश्यक रूपमा हुन नसक्ने भन्दै हाजिरीबाट नाम काटेकाे बताए ।


ताजा समाचार