Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

जंगलमा अनौठो गुफा भेटीयो, युद्धकोबेला भोटेले बनाएको (हेर्नुहोस भिडियो)


सुरीता बस्नेत
जाजरकोट । कुशे गाउँपालिकाको ठुलो जंगलको बिचमा अनौठो गुफा भेटिएको छ । गाउँपालिकाको वडा नम्बर ८ कफल्ला गाउँको जंगलमा उक्ता गुफा भेटिएको हो । गुफा हेर्दा आकर्षक र अनौठो देखिन्छ । गुफालाई त्यहाँका स्थानिय भोटे गुफा नामले चिन्ने गरेका छन् । चिटिक्क परेको गुफाको ढोका र भित्र ससाना खोपाहरु समेत रहेका छन् ।

उक्त गुफामा करिव १५ जना मान्छे अटाउन सक्ने रमेश बस्नेतले बताए । स्थानिय अग्रजहरुका अनुसार सताब्दी पहिले धन लुकाउनलाई उक्त गुफालाई भोटेले खोपेर बनाएको बताउने गर्छन् । युद्धको वोला आफ्नो बहुमुल्य सामान गुफामा सुरक्षितका साथ लुकाई भोटेहरु भागेको सुनेको स्थानिय प्रेम बहादुर रोकाय बताउछन् ।

ढुंगामा खोपीएर बनाईएको उक्त गुफाको पहिले ढोका बन्द हुनेगरेको उनि बताउछन् । तत्कालीन माओवादीको युद्धको वेला गुफाको ढोका फोडेर त्यहाँ रहेको बहुमुल्य बस्तुहरु हराएको त्यहाँका स्थानिय बताउछन् । त्यस गुफामा पहिले तामा, पितल, काँस, फलाम लगायतका भाँडा बस्तुहरु भएको गुफा हेर्न गएका वडा नम्बर ३ का डिल बहादुर बस्नेतले बताए ।

गुफामा लगाइएको ढुगांकै निकै आकर्षक ढोका समेत घाँस दाउरा गर्नेले फुटाएका छन् । पानी परेको बेला घाँस, दाउरा, गाई चराउन गएकाहरु ओत बस्ने गरेका छन् । उक्त गुफा हेर्न स्थानिहरुको घुइचो लाग्ने गरेको छ । ढुंगामै बनेको आकर्षक गुफा अन्त कहीँ नदेखेको स्थानियहरु बताउछन् ।

यस्को प्रचार प्रसार गर्न सके आकर्षक पर्यटन गन्तव्यको स्थल बनाउन सकिने स्थानिय डिल बहादुर बस्नेत बताउछन् । पौंकको मष्टा देवता जाजरकोटको चीनारी बनेको छ त्यसरी नै यस गुफाले पनि कुशे मात्रै नभएर समग्र जिल्लाको चिनारी हुन सक्ने स्थानिय बताउँछन् ।
(हेर्नुहोस भिडियो) सेर पनि गर्नुहोला ||

 


ताजा समाचार