Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

चुनावी प्रतिबद्धता पूरा गर्दै मन्त्री बस्नेत, गाउँगाउँमा केन्द्रिय बिधुत बल्ने

जाजरकोट,६ असाेज । जाजरकाेटका अधिकासं ग्रामिन क्षेत्रमा वन तथा वातावरण मन्त्री शत्ति बहादुर बस्नेतकाे पहलमा क्षेत्रिय केन्द्रीय बिद्युत पहँुच पुग्ने भएकाे छ ।  आर्थिक वर्षमा जाजरकोट जिल्लाभर केन्द्रीय विद्युत् लाइन पुग्ने भएको हाे । जिल्ला सदरमुकाममा मात्र सिमित  केन्द्रीय प्रशारणको विद्युत आपूर्ती हुँदै आएकोमा यो आर्थिक  जिल्लाका छेडागाड ,नलगाड ,कुशे ,जुनिचाँदे ,शिवालयमा केन्द्रीय लाइन बिस्तार गर्न लागिएकाे नेपाल बिद्ययुत प्राधिकरण जाजरकाेटले जनाएकाे छ ।  हाल ३३ केभी प्रसारणको विद्युत् आपूर्ति हुँदै अाएकाे केन्द्रिय लाइन जिल्ला सदरमुकाम खलंगाम ११ केभी मात्र बिद्ययुत प्रसारण लाइन सञ्चालनमा रहेकाे छ ।

नेपाल बिद्युत प्राधिकरण शाखा कार्यालय जाजरकाेटले दिएकाे जानकारी अनुसार जिल्लाका  स्थानीय तहमा विद्युत प्रसारण लाइनकाे लागि टेन्डर भइसकेकाले लगत्तै काम सुरु हुने विद्युत प्राधिकरण जाजरकाेटका प्रमुख महेन्द्र बहादुर  सिंहले जानकारी दिए ।  हाल जिल्लाम  भेरी करिडोर र मध्यपहाडी लोकमार्ग विद्युत् सेवा छिटो पुर्‍याउनका लागि काम सुरु भएको छ ।

जाजरकोट वितरण केन्द्रमार्फत शिवालय गाउँपालिकाको छेडाचौर हुँदै मोर्कबजार, बालुवा, खारा, मनघाट थलह, साना खोला वागमारेसम्म पश्चिम जाजरकोट, पूर्वको नलगाड नगरपालिका, भेरी नगरपालिका, पश्चिमको छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा यसै वर्ष विद्युतीकरण गरिनेछ। त्यस्तै, खलंगा, पाँचकाटिया, ढिमे, चोकमा र नलगाड नगरपालिकाको कालीमाटी हुँदै बारेकोट गाउँपालिकाको सक्ला लिम्सामा समेत यसै वर्ष विद्युतीकरण हुने बताइएको छ।

त्यस्तै पूर्वको भेरी नगरपालिकाको खलंगा, रिम्ना , नलगाड नगरपालिकाको कालीमाटी हुँदै चौखा भगवती हुँदै डोल्पासम्म केन्द्रीय लाइनको काम सुरु भएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत  भेरी नगरपालिकाको कुदु, हुँदै जगतीपुर, स्याउलीबजार, पोखरा, कार्कीगाउँ, झार्पा दशेरा, सुयाडासम्म विद्युतीकरणका लागि फलामका आधा भागसम्म पोल गाडिसकेकोले तार तान्ने काम सुरु गर्ने तयारीमा रहेको  छ ।

सबै कामका लागि ऊर्जा मन्त्रालयबाट २८ करोड बजेट बिनियोजन गरिएको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएकाे छ ।  गाउँ-गाउँमा यो आर्थिक वर्षमा विद्युतीकरण गर्नका लागि ऊर्जा मन्त्रालय, वन मन्त्रालयबाट समेत बारम्वार ताकेता भईरहेको नेपाल विद्युत प्राविकरण जाजरकोट वितरण केन्द्रका महेन्द्रबहादुर सिंहले जानकारी दिए। सबैमा जनतामा विद्युत सेवा विस्तार गर्नका लागि मन्त्रालयको पूरै ध्यान केन्द्रित भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए।


ताजा समाचार