Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

म्यानमारसँग नेपालको लज्जास्पद हार

काठमाडौं । एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले म्यानमारसँग लज्जास्पद हार व्यहोरेको छ।

काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबार समुह ‘ईं’को दोस्रो खेलमा म्यानमारविरुद्ध नेपाल ११–१ गोल अन्तरले पराजित भएको हो। हारसँगै नेपालको छनोट सम्भावना सकिएको छ।

खेलको पहिलो हाफमा म्यानमारले नेपालको पोस्टमा १० गोल गरेको थियो। दोस्रो हाफमा १ गोल थप्दै ११ पुर्यायाे। नेपालले १ गोल मात्र फर्काउन सक्यो। यसअघि नेपाल फिलिपिन्ससँग ४-० गोल अन्तरले पराजित भएको थियो।

नेपालले समूह चरणको अन्तिम खेल आइतबार मलेसियासँग खेल्नेछ।


ताजा समाचार