Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

नेकपाका नेता मायाप्रासादले यसकारण सचिब अस्विकार गरे । (हेर्नुहोस भिडियो)

असोज ५ , जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गर्नु भएको छ । शुक्रबार नेता शर्माले फेसबुकमार्फत सचिव पद अस्विकार गरेको जानकारी गराउनु भएको हो।

नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । तर, सचिवको जिम्मेवारी पाए लगत्तै उहाँ ल्ले फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराउनु भएको हो ।

जाजरकोट घर भएका नेता शर्माले भन्नू भयो ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु ।’ फेसबुकमार्फत सचिवमा नरहने कुरा जानकारी गराए लगत्तै नेता शर्माले मोवाइलसमेत स्वीच अफ गर्नु भएको छ ।

पटकपटक सम्पर्क गर्न खोज्दा मोबाइलमा सम्पर्क हुन सकेन । पोटफुलियो नमिलेका कारण उहाँले सचिव पद अस्वीकार गर्नु भएको हुन सक्ने उहाँका निकटस्थले बताएका छन ।

हेर्नुहोस भिडियो

यो पनि हेर्नुहोस 

 

 


ताजा समाचार