Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

जाजरकाेटमा अबैध रूपमा जडीबुटी चोरी निकासी

जाजरकाेट,४असाेज । जाजरकाेटका बिभिन्न स्थानमा दिन प्रतिदिन बिभिन्न जडिबुटी चाेरी निकासि बढेकाे छ । जिल्लाम रहेकाे प्रसस्त जडिबुटि रहेकाे जिल्लाकाे जुनिचाँदे ,कुशे गाउँपालीका र बारेकाेट गाउँपालीकाम रहेकाे चिलाइताे लगाएतका जडिबुटिहरू जिलला बाहिरका ठेक्दारहरूले अबैध रूपमा  चाेरी निकासि बढेकाे छ ।

हाल जिल्लाम  निकासी बन्द गरेपछि जडीबुटी चोरी निकासी बढेको हो । जुम्ला सिमानामा रहेको सो वनबाट दैनिक जडीबुटी चोरी निकासी भइरहेको स्थानियहरूले जानकारी दिएका छन  । जुम्लाका व्यापारीको मिलेमतोमा चोरी निकासी बढेको  हाे  । जटामसी, सतुवालगायतका जडीबुटी चोरी निकासी भइरहेको छ । चोरी निकासी हुँदा राजश्वमा कमी आउने देखिएको छ ।

केहि दिनदेखि डिभिजन वन कार्यालय जाजरकाेटले खरिद पुर्जि बितरन गर्ने भने पछि ठेकदार जिल्ला केन्द्रित भएता पनि चाउचाउकाे साहराम जंगलमा अबै जडिबुटि उत्खनन गर्न लगाइ रहेकाे नाम नखुलाउने सर्तमा एकजनाले जानकारी दिए । दैनिक खलंगाम ठेक्दार भेलागरि बैठक बसिरहेका छन गाउँमा बिभिन्न माध्याम बाट अबैध जडिबुटि उतखनन गरिरहेका छन ।

राज्यकाे ध्यान पुगेकाे छैन कसरी जनताले सिंहदरबार अाएकाे अनु भुती गर्ने लाखाै कर छली भएकाे छ उनले भने । ठेक्दारहरूआइतबार स्थानीयवासी, जिल्ला प्रहरी र जिल्ला वन कार्यालयबाट गएको टोलीले जडीबुटी बरामद गरेको छ । जुम्लाबाट आएको तस्कारको समूह वनमै पाल टाँगेर जडीबुटी तस्करी गरिरहेको पाइएको छ । अनुगमन टोली त्यहाँ पुगेपछि तस्करको समूह भागेको थियो । तस्करको समूहले वनमा लुकेर जडीबुटी चोरी निकासी गर्दै आएको छ । बारेकोट गाउँपालिका–४ बाट सो वनमा पुग्न दुई दिन पैदल हिँड्नु पर्ने भएकाले निरन्तर अनुगमन गर्न समस्या वडा नं ४ का वडाध्यक्ष सिर्जना बस्नेतले बताउनुभयो


ताजा समाचार