इन्स्योरेन्स कम्पनी द्धारा बिमा रकम हस्तान्तरण
जाजरकोट ४, असोज ।जाजरकोटको नलगाड नगरपालिका ११(साविक रग्दा ९)जाजरकोटका दिप बहादुर नेपाली लाई सुर्यालाइफ इन्सोरेन्स कम्पनीले बिमा रकम हस्तान्तरण गरेको छ । बिमित संगिता परियारको कालगतिलेमृत्यु भएपछि कम्पनीले बिमा रकम हस्तान्तरण गरेको हो ।
मृतक परियारले एक बर्षपहिले कम्पनीमा सुर्या संरक्षित सावधिक जीवनविमा योजना अन्तर्गत बिमा गरेकि थिइन । रु १लाखको सुर्या संरक्षित सावधिक जीवन विमा गरेकी संगिता परियारको गत कार्तिक महिनामाएक्कासी मृत्यु भएको थियो । ७हजार ९८ रुपैया मात्र प्रिमियम रकम बुझाएकि मृतक संगिताको मृत्युपछि उनका श्रीमान दिप बहादुर परियारलाई ९७,४०२। अक्षररुपी ९७ हजार ४ सय २ को चेक नलगाड न.पा.को कार्यालय जाजरकोटमा नगर प्रमुख टेक वहादुर रावलले हस्तान्तरणगरेको कम्पनीका जाजरकोट शाखा प्रमुख सरस्वती गिरीले बताइन ।
मृतक संगिता परियारको श्रीमान दिप वहादुर नेपालीलाई नलगाड न.पा.को कार्यालय दल्लीमागइ बिमा रकमको चेक हस्तान्तरण गरिएको हो । रकम प्राप्त गरेपछि श्रीमतीले समयमा बिमा गरेकोले आफुलाइ पिडाको घाउमा मलम लगाउने काम कम्पनीले गरेको बताए । जीवनको कुनै भरोसा हुदैन सबैले बिमा गरे दुःखको बेला आश्रित परिवारले राहत पाउने अबसर आउदो रहिछ उनले भने ।