Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

भेरी नदिमा खसेर एक युवकको मृत्य


जाजरकोट ,४ असोज । भेरी नदिमा खसेर एक युवकको मृत्यू भएको छ । बिहिवार मध्य पहाडी लोकमार्ग अन्तरगत चौरजहारी मुसीकोट सडक खण्डको गोइरी खण्डमा निर्मानाधिन सडकमा क्रशर मेसीन का लागी साथीहरु सँगै गीट्टी वालुवा निकाल्ने क्रममा एक युवा एक्काशी खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार दाङ घोराही उप महानगरपालिका २ निवासी २४ वर्षीय लुमा कान्त को छोरा  शिव पुरी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार विहाना ११ वजे नदिमा वेपत्ता भएको युवकको लाश जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ स्थीत नदि किनारमा रहेको अवस्थामा जाल खेल्न गएको जलारी ले फेला पारी प्रहरी लाई खवर गरेका प्रहरी जानकारी दिएको छ ।

हाल घटना स्थलमा मृतकका वुवा लुमाकान्त पुरी र इप्रका रिम्ना र जिल्ला बाट नरेश बिकको नेत्रित्वमा टोली टोली पुगी उदार गरेको समेत जिल्ला प्रहरी कार्यालय जाजरकोटका नि. कार्यालय प्रमुख इन्द्रजित सुनारले जानकारी दिए । पोष्माटको लागि पठाएको बताए । मृतक युवाका वुवा उक्त मद्य पहाडी सडकमा पेटि ठेकेदारको रुपमा काम गर्दै आएको समेत वताइएको छ ।


ताजा समाचार