Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

‘कथा काठमाण्डु’ १६ बर्ष भन्दा कम उमेरका दर्शकले हेर्न नपाउने, हेर्नुहाेस् ट्रेलर

काठमा‌ण्डाै । गीत संगीत र ट्रेलरबाट चर्चा कमाएको फिल्म ‘कथा काठमाण्डु’ असोज १२ देखि देशभरका सिनेमा हलहरुबाट एकसाथ प्रदर्शनमा आउंदैछ । मंगलबार यस फिल्मले जाँच पास समिती सेन्सर बोर्डबाट फिल्मको सेन्सर सम्पन्न भएको छ । ३ फरक पृष्ठ भुमिका पात्रको प्रेम कथा बोल्ने ‘कथा काठमाण्डु’लाई १६ बर्ष भन्दा कम उमेरका दर्शकहरुले अभिभावकको अनुमति बिना हेर्न नपाउने भएका छन् ।

म्युजिक भिडियो निर्देशनमा सक्रिय रहेकी संगीता श्रेष्ठको डेब्यु निर्देशन रहेको ‘कथा काठमाण्डु’ पिजी सर्टिपिकेट प्राप्त गरेको छ । हाम्रै समाज भित्रका बास्तविक कथा उत्रादा पिजी सर्टिपिकेट प्राप्त गरेको निर्देशक बताउछिन् ।

फिल्ममा कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारी आदिको मुख्य भूमिका रहेको छ ।

फिल्ममा लुजा सिंहको छायांकन, मित्र गुरुङको सम्पादन, अष्ट महर्जनको एक्सन छ । चलचित्रले काठमाण्डौको परिवेशलाई ३ फरक कथामा प्रस्तुत गर्न खोजेको संगीताले बताइन् । निर्देशक श्रेष्ठकै कथा रहेको चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् ।

हेर्नुहाेस्  ट्रेलर


ताजा समाचार