Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

चौरजहारी नगरपालिकाले थाल्यो नगर बस सञ्चालनको तयारि

ज्ञानु गौतम,रुकुम  । चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले चौरजहारी देखि नुवाकोट सम्म नगर वस संचालन गरिने वताउनु भएको छ । नुवाकोट तथा खोलागाउँ क्षेत्रका बासिन्दालाई यातायात सेवामा सहजताको लागी छिटटै नगरवस सेवा संचालनको तयारी गरिएको उहाँको भनाई थियो । संविधान दिवस २०७५ को अबसरमा चौरजहारी नगरपालिकाले आयोजना गरेको संविधान र नगरगतिविधि विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै नगर प्रमुख शर्माले चौरजहारीमा नगरपालिकामा आगामी मंसिरदेखि सुरु हुन लागेको प्राविधिक शिक्षा अध्ययनको लागी गरिव जेहेन्दार, दलित ,महिला बाट १÷१ जनालाई नगरले आर्थीक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नगरको वडा नम्वर ३ को उमाचौरमा उद्यम वगैचा निर्माणका तयारी थालिएको समेत बताउनु भयो । कार्यक्रममा नेकपा नेता त्राmृषि प्रसाद शर्मा, कर्ण वहादुर घर्ति ,चौरजहारी अस्पताल प्रमुख डिल वहादुर गिरी , शीतल क्याम्पस सहायक प्रमुख रमेश लामिछाने, शीतल क्याम्पस प्राचार्य गणेश प्रसाद रिजालले छोटो समयमा नगरपालिकाले जनअपेक्षा भन्दा वढी काम गरेको भन्दै प्रसंसा गर्नुभएको थियो ।

नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत प्रदिप सुनारलेसञ्चालन गरेको कार्यक्रममा नगर परामर्श समितिका संयोजक प्रेम वहादुर वली, नेपाल दलितमुक्ती मोर्चाका कर्णाली प्रदेश संयोजक पुष्प वादी रेडक्रस जिल्ला सदस्य यदु आचार्य ,उद्योग वाणिज्य संघ चौरजहारीका अध्ययक्ष प्रेम सुनार, राष्ट्रिय वाणिज्य वैंकका प्रवन्धक हिक्मत कार्की लगाएतका नगरपालिकाले गरेका कामको खुलेरै चर्चा गरेका थिए ।


ताजा समाचार