Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

भिजन खबर अनलाइन पत्रिका आजबाट दोस्रो वर्षमा प्रवेश


जाजरकोट,३ असोज । भेरि मिडिया नेटवर्कद्धारा संचालित भिजन खबर अनलाइन पत्रिका आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ३ गतेदेखि आरम्भ गरेको भिजन खबरले विभिन्न आरोह र अवरोहकाबीच संचालनको पहिलो वर्ष पार गरेको छ । जाजरकोटको विकट जिल्लामा रहेर अफ्ठेरो पत्रकारितामा यथार्थ समाचार वास्तविक पत्रकारिताको मूलभावसहित भिजन खबरले आफ्नो एक बर्ष पुरा गरेको छ ।

राष्ट्रिय मिडियालाई मात्रै प्राथमिकता दिने जाजरकोटको परिवेशमा स्थानीय अनलाइन पत्रिका सञ्चालन गर्नु कम चुनौतिपूर्ण छैन । यद्दपि हाम्रा आमपाठक, विज्ञापनदाता र शुभेच्छुकहरुको सहयोग, सहकार्य, समन्वय र सद्भावले भिजन खबर अनलाइन निरन्तर चलिरह्यो । पत्रकारिताको यो एकवर्षको समयावधीलाई ठूलो सफलताकोरुपमा नभई परिक्षणकालका रुपमा बुझेको भिजन खबरका संचालक तथा सम्पादक रामचन्द्र घर्तीले जानकारी ।

जाजरकाेट जिल्लामा रहेका बिभिन्न बिकास निर्माण  तथा ढिला सुस्तीलाई खबरदारी गर्दै एक बर्ष पार गरेकाे अर्का संचालक तथा ब्यबस्थापक पवन शर्माले बताए ।  अनलाइन पत्रिकालाई सफलतापुर्ण एक बर्ष पार गर्नका लागि सहयाेग गर्ने सहयाेगि निकाय प्रति हार्दिक अाभार समेत ब्यक्त गरे ।


ताजा समाचार