Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

ओली सरकार ढाल्ने खेल सुरू भो : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति केपी ओली नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीले सोमबार गरेको पत्रकार भेटघाटमा उनले कञ्चनपुरको निर्मला हत्याकाण्डलाई मुद्दा बनाएर देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको आरोप लगाए ।

पुरानो कर्मचारी संयन्त्रबाट नयाँ कामको अपेक्षा राख्नु नै गलत होु अध्यक्ष केसीले भने, सरकारले सामान्य सुधारात्मक काम मात्रै गरे पनि धेरै हुन्छ ।

उनले दुईतिहाइ अवस्थामा रहेको सरकारले अझै पनि सुशासन दिन सक्षम हुनुपर्नेमा जोड दिँदै महँगी नियन्त्रण, भ्रष्टाचारीलाई कारवाही र सुशासन आमनेपाली नागरिकले चाहेको बताए ।

अध्यक्ष केसीले एकात्मक प्रणालीभित्र पनि प्रदेश हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रदेशको खर्च स्थानीय तहलाई दिएर बलियो बनाउन सकिने सुझाव दिएका छन् । रासस


ताजा समाचार