Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

यसरी टुट्यो न्याैपानेकाे रेडियो नेपालको सपना


त्रिपुराकोट(डोल्पा) ,२ असाेज । “मान्छेको जीवनमा आफ्नो सपना साकारपार्ने चाहाना कसको पो हुँदैन र तर चाहाना हुँदाहुँदै पनि सबैको भाग्यमाहुँदो रहेनछ चाहान पुरा गर्ने कुरा,जुन कुरा मेरो जीवनमा लागुभयो”८० बर्षिया रबी प्रसाद न्यौपानेले भने । ढल्कँदो उमेरमा पनि बिहानै उठ्ने र हातमुख धोईसकेपछि पुजापाठ उनको आजभोलीको दैनिकि हो ।खाली समय हुने बित्तिकै लेख्न थालिहाल्छन् न्यौपाने,आफुले झन्डै चालीस बर्षदेखि लेखन कार्य शुरु गरेको बताउँछन् ।“लेख्दा लेख्दा संगीत,कथा,कबिता,साहित्य,ईतिहाँसका चाँङ लागेका छन्,केही प्रकाशन गरेको छु,केही निकाल्ने तयारीमा छु” न्यौपानेले भने ।

हो न्यौपाने जिल्लामै ख्यातीप्राप्त ब्यक्ति हुन् ।बहुप्रतिभाशाली ब्यक्तिको रुपमा परिचित न्यौपाने ओझेलमा परेमा सामाजिक पात्र भन्दा पनि फरक नपर्ला । “कोही मान्छे प्रतिभा नभएर पछि पर्छन् म चाहीँ प्रतिभा भएर पनि केहीगर्न सकिन,बाध्यताको अगाडी चाहानाको केही सिप नचल्दो रहेछ” न्यौपानेले भने । बि.स १९९४ सालमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोटमा जन्मियका न्यौपानेलेखन,गायन,हाँस्यजगतलगाएतका क्षेत्रमा पोख्त छन् ।उनीसँग प्रशस्तै कला भएपनि उनले राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा आफ्नो कला देखाउन नपाउँदा उनको मन अझैँ अशान्त छ ।जीवनको उत्तरार्धमा समेत पश्चताप हुन्छ उनलाई आफ्नो प्रतिभालाई सबैतीर चिनाउन नपाएको भन्दै ।
“घरायासि बन्धनले मेरो प्रतिभालाई जिल्लाभित्र मात्रै थन्क्याईदियो,प्रतिभालाई देश बिदेशमा देखाउन नसक्नु जीवनको सबैभन्दा ठुलो पश्चताप हो,सायद रेडियो नेपालमा बस्न पाएको भए मेरो सपना साकार हुने थियो” न्यौपानेले भने ।
“मलाई गायन क्षेत्र असाध्यै मन पथ्र्यो,त्यतिखेर गाईगोठ,बन पाखामा गएर केटा र केटी गीत गाउने र मनोरञ्जन गर्ने चलन थियो,म पनि समय मिल्ने बित्तिकै गीत गाउन जान्थे,साह्रै रमाईलो हुन्थ्यो ।” “एकाएक राष्ट्रिय कलाकार बन्ने ईच्छा जाग्यो,स्वर राम्रो छ सबैले भन्थे,कलाकार बन्न काठमान्डौ जा भनेर साथी भाईलेभन्थे,अरुको प्रशंसा,मेरो जीवनको लक्ष्य त्यही गायन क्षेत्रनै थियो,मैले निधो गरे भागेरै भएपनि काठमान्डौ जान्छु अनि एक चर्चित कलाकार बन्छु”मैले अठोट लिँए । घरकाले काठमान्डौ जाने स्विकृति दिँदैनन् भन्ने मलाई थाहा पाईसकेको थिए ।तर हार खाईसकेको भने थिएन् ।अन्तत सपनाको पोको बोगेर गाँउकै साथी लक्ष्मी नारायण उपाध्याय,प्रमानन्द देबकोटसँगै भागेर काठमान्डौ लागियो ।त्यतिखेर डोल्पामा जन्मेर राजधानी देख्न पाउनु कमै मान्छेको भाग्यमा हुन्थ्यो ।धनीमानी र हुनेखानेमात्रै पढ्नकालागि काठमान्डौ पुग्थे । आजभन्दा सत्तरी असि बर्ष अगाडि डोल्पाबाट काठ्मान्डौ नेपालगञ्ज पुग्न दुई सातानै लाग्थ्यो ।भेरीको तिरैतिर हिँड्नु पथ्र्यो ।बाटो एकदमै अप्ठ्यारो भएकाले राजधानी डोल्पालिहरुकालागि सात समुन्द्र पारी जस्तै लाग्थ्यो न्यौपानेले भने ।

खान बस्नलाई बाटोमा न घर हुन्थे न होटेलहरु नै ।बेलुकीको बास ओडारमा हुन्थ्यो ।खानेकुराहरु सबै घरबाटै बन्दोबस्त गरेर लिनुपथ्र्यो ।भागेर काठमान्डौ पुग्ने कुरा सहज थिएन् ।तै पनितीब्र ईच्छाको अगाडी कसैको केही चलेन् । त्यतिखेरसानैमा बिहेगर्ने चलन थियो ।मेरो पनि उस्तै भयो,घरमा कामकाजगर्न गाह्रो भएको भन्दै जबरजस्ती बिहे गराई दिएघर परिवारले । बिहे गरे लगत्तै अंशबण्डा छुट्याईदिए ।बिहे गरिसकेपछि सम्पुर्ण घरयासी कामकाज समाल्नु पर्ने परिवारको दबाब थियो ।घरको दबाब हुँदाहुँदै पनि बि.स २०२२ सालमा कर्णालीको जुम्लामा कर्मकाण्ड सिक्न गँए । त्यतै चारबर्ष बिताए।डोल्पा फर्किसकेपछि केही बर्ष पढाउने काम पनि गरेडोल्पामै । पहिले डोल्पालिहरु पढाईमा त्यति चासो थिएन् ।थोरै पढेलेखेकाहरुले पनि जागिर पाईहाल्थे उनले भने ।त्यसपछि पढाउने काम पनि छोडे । मलाई गायक बन्ने भुत चढीसकेको थियो ।गाँउघरमा बस्दा पनि मेलापातमा स्थानीय युवतीहरुसँग दोहोरी गाईन्थ्यो ।सबैले मेरो स्वरको प्रशंसा गर्थे ।त्यसकारण पनि आफ्नो स्वरमा राम्रो भएको महशुस हुन्थ्यो ।

बिहे गरेको तीनचार महिना भएको थियो ।तिमिहरुले आफ्नो अंशबण्डा लैजाउ र छुट्टा बस भनेका थिए ।मैले मानेको थिईन् ।म पहिले काठमान्डौ पढ्न जान्छु,त्यसपछि मात्रै आएर अंशबण्डा गरौँला भनेको थिए । घरकाले काठमान्डौ जाने कुरा ठाडै अस्विकार गरे । तर राजधानीको रहर,पढाईका साथै गायन प्रतिको चाहानाले गर्दा काठमान्डौ भाग्न बाध्य बनाएको हो । विभिन्न कठिनाईका बाबजुत पनि दुईसाता लगाएर काठमान्डौ पुगियो ।अहिलेका जस्तो गाडीको सुविधा कहाँ पाउनु ।पैदल हिँड्नु पथ्र्यो । बि.स २०२६ साल माघमा काठमान्डौ पुग्यौ ।एक दुर्गम ठाँउमा बसेको मान्छे देशको राजधानी पुग्दा नौलो अनौठो नलाग्ने त कुरै भएन् ।राजधानी पुगीसकेपछि डेरा खोज्न शुरु ग¥यौ ।त्यतिखेर काठमान्डौ अधिकाशं जमिन खाली थियो । कतै कतैमात्रै घरहरु थिए ।पुरानो बानेश्वर धोबिधारा स्थित पिताम्बर मराठाको घरमा मासिक एकसयमा डेरा पाईयो ।त्यतै बस्न सुरु गरियो ।डेरा त पाईयो तर पढ्ने स्कुल कसरी पत्ता लगाउने कुन स्कुल पढ्ने अन्यौलमा प¥यौँ ।

प्रारम्भिक शिक्षा घरमै लिईसकेकाले दिउसो बिजय ममोरीयल हाईस्कुल डिल्ली बजार र बेलुका रत्न राज्य लक्ष्मी रात्रि प्रौढ स्कुल बानेश्वरमा पढ्ने ब्यबस्था मिल्यो ।दुर्गम ठाँउबाट गएकाले कक्षा १० निशुल्क अध्ययन गर्ने अवसर मिल्यो । बिद्यार्थि जीवन एकदमै कष्टकरहुँदो रहेछ ।सुरुमा घरबाट भाग्दा खेरीकाठमान्डौको खर्चभनेर पैसा चोरेर लगेको थिए,केही महिनापछि त्यो पैसा सकियो,राजधानीमा कसैसँग चिनजान थिएन् । एक दिन खर्चपर्च सबै सकियो ।पैसा सकिएपछि बेसहारा जस्तै भइयो ।कति दिन त भोगभोकै पनि काट्यौ ।कहिले भटमास खाएरै पनि रात कटाईयो न्यौपानेले बिगतलाई सम्झे । त्यतिखेर डोल्पासम्म खबर आदान प्रदान गर्न कुनैपनि सुबिधा पनि थिएन ।घरबाट भागेर आएकाले घरकाले वास्तागर्न छोडि सकेका थिए ।घरकाले पैसा पठाईदेलान भन्ने आसा पनि थिएन् ।अन्य काम गरेर खर्चपर्च टार्ने निधो गरियो ।

                                                                रेडियो नेपालमा अवसर
काठमान्डौ बसाईकै क्रममा रेडियो नेपालबाट स्वर परीक्षण हुँदैछ भन्ने खवर पाए ।साह्रै खुशी भए ।मेरै सपना पुरागर्ननै सुचना खुलेको हो कि जस्तो लाग्यो ।रेडियो नेपालमा स्वर परीक्षण गराउने र सफलहुने अठोट गरे । स्वर परीक्षणकोलागि फारम भरे ।तत्कालिन रेडियो नेपाल संगित शाखाका प्रमुख धर्मराज थापा थिए ।म स्वर परिक्षणको दिन पारेर रेडियो नेपाल पुगे । रेडियो नेपालमै नाती काजि,तारादेबी,किरण खरेल,तगाएतका बयक्तिसंग भेट भयो र आफ्नो सम्पुर्ण जानकारी दिईसकेपछि स्वर परीक्षण गर्ने मौका पाए र दर्जनौ प्रतिशपर्धिलाई उछिन्दै प्रथम भए ।मेरो हाइहाई भयो,सबैले चिन्न खोजे,मेरो जीवनको ठुलो सपना साकार भएजस्तै लाग्यो । रेडियोमा कामगर्ने मौका पाईसकेपछि काठमान्डौ बसाई रमाईलो लाग्न थाल्यो ।

दिउसो पढ्ने बेलुका रेडियो नेपालमा जान थाले ।गीत लेखन र स्वर राम्रो भएकाले मेलै लेखेको गीत करेक्सननै हुँदैनथ्यो ।गीत गाउने पनि लेख्ने पनि आफै गर्न थाले ।गीत गाए बाफत केही पैसा पनि पाईदोँ रहेछ । त्यसपछि गित गाँउन थाले चार पाँच महिना न्युन पारीश्रमिकमा गित कबिता रेर्कड गराए ।जे जस्तो भएपनि जन्मथलो भनेको स्वर्ग भन्दा पनि प्यारो हुन्छ ।घरको याद घेरै आउन थाल्यो ।तर तुरुन्तै घर फर्कने ईच्छा चाँही थिएन् । घरको सम्झनालाई बिषयबस्तु बनाएर गीत बनाए ।रेडियोबाट प्रशारण गर्न निधो गरे ।म आफै रेडियोमा कामगर्ने भएकाले गीत प्रशारण गराउनु मलाई गाह्रो थिएन् । रेडियो नेपालबाट पहिलो पटक“दुईजना जाँचैका सिपाई चिउरी कल्पतैको,सुन डोल्पामा छौ म नेपालमा छु माया अलपत्रैको” भन्ने गित रेर्कड गराए ।मलाई बाध्यबादन सम्बन्धि पनि राम्रै ज्ञान थियो ।हाम्रोनियम राम्रोसँग बजाउन आउँथ्यो ।चौतर्फि डोल्पाली भन्दै सबैले माया गर्थे ।

बिस्तारै तारा देबी संग पनि राम्रो चिनजान भयो ।सँगै दोहोरो गित गाउन थालियो ।यसरी रेडियो नेपालमा गाउन थालेपछि केही समयमै ठुलो अवसर पनि पाएको थिँए ।धर्मराज थापा भ्रमणमा बाहिर गएकोबेला निमित्त संगित प्रमुखको पनि जिम्मेवारी पाए ।रेडियो नेपालमा सबैसँग हेलमेल बड्दै गयो । गीतहरु पनि धेरै गाउन थाले ।मेरो भाग्यले जुराएको भनौ वासांगितिक क्षेत्रमा कामगर्ने मेरो भाग्यनै नभएको भनौ मैले गाएको गित डोल्पामा रहेका घरपरीपारले सुनि सकेपछि मलाई पढ्न गएको मान्छे गायन भएछ भनियो । रेडियो गीत गाएर हाम्रो ईज्जत फाल्यो,सबैले सुने होलान,हामिले कसरी समाजमा नाक देखाउने भनेछन् ।तुरुन्त घर बोलाए ।त्यतिखेर गीत गाउने काम तल्लो जातको बादी समुदायका मान्छेले मात्रै गर्छ भन्ने सामाजिक धारणा थियो ।माथिल्लो जातको मान्छेले गीत गाएमा ईज्जत जान्छ भन्ने भनाई थियो ।

म आउन नमानेपछि मेरो भागको जग्गा जमिन छुट्याई दिएछन् ।श्रीमती भागेर माईत गएकी रहिछ ।त्यतिखेर जग्गा बाँजो राखे गाँउ समाजमा ईज्जत जान्छ भन्ने भनाई थियो ।घरबाट तुरुन्त डोल्पा फर्किने भन्दै चिठी पुग्यो ।पारिवारीक दबाबका कारण अन्ततःसबै सपनाहरुलाई मिल्काएर डोल्पा फर्किन बाध्य भए । रेडियो नेपालबाट पटक–पटक खबर पनि आयो तर घरपरीवारले जेलिसकेकाले त्यसपछि काठमान्डौ जान पाईन्न्यौपानेले बिगत सम्झे।

                                            काठमान्डौले सिकायो राजनिति
काठमान्डौ बस्दा राजनितिक क्षेत्रमापनि राम्रैसंग लागियो ।काठमान्डौ छदा तत्कालिन पञ्चायति ब्यबस्था बिरुद्धमा प्रचार गर्ने देखि पार्टिको प्रशिक्षणमा भागलिनेसम्म काम गरियो ।  बहुदलबादि नेताहरु संग पनि भेटघाट भयो । डोल्पामा पनि बहुदलको प्रचार – प्रचार तथा स्थापना गर्न भनियो तर त्यतिखेरको अवस्थामा बहुदलको प्रचार गर्नु आफ्नै खुट्टामा बन्चरो हाने जस्तै थियो । काठमान्डौमा रहँदाबहुदलबादी तथा नेपाली काङग्रेसका संस्थापक बि.पि कोईरला संग हेलमेल बड्यो ।एक दिनको कुरो हो बि.पिलाई भेटन गएका थियौँ म सँग लक्ष्मी नारायण न्यौपाने पनि थिए ।बिपिले आफ्नो सिदान्तको बिषयमा जानकारी गराई सानो हाप फोटो दिए ।

त्यो फोटोलाई डोल्पामापनि प्रचारगर्नकोलागि चाहिने भन्दै डेरामा ल्याएर लुकाएर राख्यौ । सुराकिले हामिलाई बहुदलबादि बिद्यार्थि भनेर जानकारी गराई दिएछ । हामि स्कुल पढ्न गएको बेला प्रहरी हाम्रो कोठा खानतलासि गरेछ ।स्कुलबाट फर्किसकेपछि कोठा भता भुङ्ग भएको देखेर घरबेटिलाई सोध्यौ सबै जानकारी पाईसकेपछि डरायौ ।प्रहरी राखेको फोटो त भेटाएन छ ।भेटाएको भए हाम्रो के हालत हुन्थ्यो सम्झदा अझै डर लाग्छ ।प्रहरीबाट बच्यौ जस्तो लाग्यो । डोल्पामा पनि बहुललिय ब्यबस्थाको प्रचार प्रचार गर्न थालियो ।बहुदलबादी भनेरैडोल्पामा नौ दिन जेल खानुप¥यो ।त्यसको लगत्तै बहुदल घोषणा भयो र हामि जेलमुक्त भयौ न्यौपानेले सम्झे ।
 यसरी सुरभयो सामाजिक यात्रा
यसरी बिभिन्न आरोह अबरोह पार गरीरहँदामनमा समाज सेवागर्ने धारणा जाग्यो ।बि.स २०३५ सालमा त्रिपुरा साँस्कृतिक तथा सामुदायिक बिकास समिती नामकोसंस्था स्थापना भयो।यसको उद्येश्य थियो डोल्पामा लोपोन्मुख कला सँस्कृतिको जगेर्ना गर्ने तथाविपन्न,महिला,दलित बर्गहरुको आयआर्जन बाटाहरु पहिल्याउने ।

त्यसै अनुरुप डोल्पाका बिभिन्न महिला तथा उत्पिडित समुदाय लगायतका मानिसहरुलाई स्थानिय स्रोत साधनको उपयोग गरी छाब्रि,डोका,नाम्ला लगाएतका सामाग्रीहरु बनाएर आयआर्जन गर्ने बाताबरण बनाईयो ।यो कार्यक्रम डोल्पालिहरुकालागि निकै प्रभाबकारी भयो ।स्थानीय महिालाहरु पनि खुशी भए ।

गाँउकै बनपाखामा पाईने बाबियो,निँगालबाट डोका,छाब्री लगाएतका सामाग्रीहरु सामुहिक रुपमा बनाउन लगाईयो ।त्यस्ता सामाग्रीहरु पर्यटकहरुले समेत रुचाउन थाले ।

                                                बिक्रिबाट आयआर्जन पनि राम्रै गरे ।

तर त्यसलाई निरन्तरता भने दिन सकेनन् महिलाहरुले ।यो सँस्था डोल्पामा निकै चर्चित थियो ।यसै संस्था मार्फत डोल्पामा भएको निरक्षर न्युनिकरणकालागि युनिसेफ,युएनडिपि,प्याड लगाएतका संघ संस्थाले पाँचसय भन्दा धेरैैअनौपचारीक प्रौढ कोठा संचालनगर्ने जिम्मा दियो त्यसैअनुसार संचालन गरीयो र डोल्पालीहरुलाई साक्षर बनाउने काम पनि यस संस्थाले ग¥यो ।

यस संस्था मार्फत बाख्रापालन,कुखुरापालन,बंगुरपालन कार्यक्रम संचालनगर्नुका साथै तथा बिपन्न समुदायलाई राहतका निम्ति सुस्मा मेमोरीयल ट्रष्टले हजारौ जोडा कपडादियो र विपन्न गरीव,अपाङ्ग ब्यक्तिहरुलाई बाँड्यौ ।

हाम्रो सँस्थालाई एसिया फाउन्डेसन नामक संस्थाले पनि सहयोग ग¥यो ।डोल्पाका बिभिन्न बिपन्न बिद्यार्थिलाई कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक बितरणपनि गर्नेकामपनि भयो ।सो फाउन्डेसनले दिएका पुस्तहरुबाट सुन्दरी पुस्तकालय स्थापना गरियो ।
फुर्सदमा घुम्ने युवाहरुलाई अध्ययन गरेर सिक्ने अवसर पनि मिल्यो ।यसरी डोल्पाको बिकासकोलागि उल्लेख्य योगदान पु¥याएको यस संस्थामा बंगलादेशका नागरिक करुणा मोहन चक्माले समेत भोलेन्टिएर भएर काम गरेको बताए ।
त्रिपुरा सांस्कृतिक बिकास नामक संस्था भएकाले यसैडोल्पामा बिभिन्न प्रकारका साँस्कृतिक कार्यक्रमहरु संचालन गराउनु पनि यसको मुख्य काम रह्यो ।
२३ जिल्लामा प्रथम भए
कैलाली जिल्लामा साथी संस्था मार्फत संचालनन गरीएको हस्तकला,चित्रकला तथा नाटकको बिधामा २३ जिल्लाको प्रतियोगितामा साँस्कृतिक कार्यक्रममा डोल्पाबाट आफु प्रथम भएको न्यौपानेले बताए ।हस्तकलामा पनि प्रथम भए ।

“यस संस्थाले बिभिन्न महिला हिंसा समन्धि कार्यक्रमहरुपनि संचालन गरेको थियो ।डोल्पामा मंहगि न्युनिकरणकोलागि सहकारी स्थापना गरी डोल्पालिहरुलाई राहत दिने काम पनि यस संस्थाले गरेको छ” न्यौपानेले भने ।
यसरी डोल्पाको हरेक प्रकारको बिकासको लागि योगदान पु¥याई रहेको यस संस्थाको अध्यक्ष्यको रुपमा अझैपनि न्यौपाने कार्यरत छन् ।तर आन्तरि ब्यबस्थापन नमिलेकाले संस्था निष्किृय अवस्थामा छ ।
डोल्पाको धुर्मुस न्यौपाने
कबिता,नाटक,गायन,बाध्यबादन,लेखन लगाएको बिधामा पोख्त न्यौपानेलाई डोल्पामा बहुप्रतिभाको धनिको रुपमा डोल्पालिहरु चिन्ने गर्दछन ।

न्यौपानेलाई डोल्पामै हास्य जगतका हस्तीको रुपमा समेत चिनिन्छ ।कतिपय त डोल्पाका धुमुर्स भनेर समेत चिन्दछन् । मैले फिल्म पनि खेले ।कैलाली मा सुटिङ भएको चोर नामको फिल्ममा समेत अभिनय गरेको अनुभव छ न्यौपानेले भने । सबै क्षेत्रमा फिट न्यौपानेले विभिन्न बिधामा २५ भन्दा धेरै प्रमाण पत्र तथा प्रशंसा पत्र पाएको उनले बताए ।मेरो जीवनका सम्पती भनेकै प्रमाण पत्र र प्रशंसापत्रनै हुन न्यौपानेले भने ।म गायन,बाध्यबादन,लेखन,हाँस्यजगत सबै मलाई आँछ त्यतिमात्रै नभईएक उदाहारणिय कृषकपनि हुँ ।कृषि तर्फ जिल्लामै उत्कृष्ट फलफुल तथा अन्नबालि,तरकारी उत्पादनगरे बाफत पुरष्कार समेत पाएको न्यौपानेले बताए ।

आफ्नो साहित्य बिधामा पनि रुचि भएकाले दर्जनौ किताबहरु निकाली सकेको र अन्य पुस्तकहरु निकाल्ने तयारीमा रहेको उनको भनाई छ ।“रबी न्यौपाने डोल्पाकै गहना हुनुहुन्छ,उहाँले नजानेका केही पनि छैन्,पुरानो कला,सँस्कृति जोगाउन उहाँको अग्रणी भुमिकानै रहेको छ”स्थानीय समाजेवी टंक प्रसाद उपाध्यायले बताए।
“एक बृद्ध मान्छे भएरपनि सबै उमेरका मान्छेहरुसँग हेलमेल गर्नसक्ने खुवी छ उहाँमा” ,समाजमा यस्ता मान्छे कमै जन्मछन् उपाध्यायले थपे ।
न्यौपानेले गद्य सैलिमा बिभिन्न शिर्षकमा कबिताहरु तथा डोल्पाको ईतिहाँसको संरक्षण तथा उजागरको लागि लेखेको र यसको प्रकाशनको लागि रकम अभाबका कारण रोकिएको समेत गुनासो गरे ।नाटक मार्फत डोल्पामा भईरहेका अनियमितता ,भष्टाचार तथा कुसँस्कारलाई ब्यङग्य गरी न्युनिकरण गरेको उनको अनुभबछ ।

उनले डोल्पाको स्थास्थ्य क्षेत्र,प्रशासन,शिक्षा क्षेत्रका नराम्रा पक्षलाई नाटक मार्फत ब्यङ्ग्य गरी सुधारगर्ने प्रयत्न गरेको समेत बताए ।
“जीवनमा पैसा कमाउन नसकेपनि नाम भने कमाएको छु,मलाई नचिन्ने कमै होलान,यही नै नामनै मेरो सम्पती हो,यसैमा गौरवान्वित महशुस गर्छु”न्यौपानेले भने ।

                                                       (रामचन्द्र न्यौपाने  डाेल्पा )


ताजा समाचार