Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

यस वर्षको एसइई परीक्षा बारे आयो यस्तो खबर

काठमाडौं । चैतमा हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा यस पटक पनि केन्द्रबाटै हुने भएको छ । देशमा संघीयताअनुसार तीन तहका सरकार बनिसकेको भएपनि प्रदेश मातहतमा हुने भनिएको एसइई परीक्षा केन्द्रबाटै हुने लागेको हो ।

अहिले राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सञ्चालन गरिरहेको छ । यस पटक पनि प्रदेशले परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने कानुनी र नीतिगत आधारहरु तर्जुमा नगरेपछि परीक्षा केन्द्रीयसतरबाटैं बोर्डले लिने तयारी गरेको हो ।

केन्द्रबाटैं परीक्षा लिने तयारी अनुरुप बोर्डले आवेदन फाराम समेत खोलिसकेको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले आफूहरुको कार्यक्षेत्रअनुसार कक्षा १० को परीक्षा सञ्चालनको तयारी गरेको बताए । उनले भने, ‘बोर्डले आवश्यक प्रश्नपत्र बनाई प्रदेश सरकारसँगको समन्वय एवं ब्यवस्थापनमा परीक्षा सञ्चालन गर्नेछ ।’

परीक्षाका लागि विगतमा जिल्लामा रहेका शिक्षा कार्यलय जो अहिले शिक्षा विकास तथा समन्वय इकाईमा रुपमान्तरण भएका छन्, उनीहरुले जिल्लाको परीषाको ब्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।

परीक्षापछि बोर्डले नै उत्तरपुस्तिका जाँच गरेर नतिजा समेत प्रकाशन गर्नेछ । बोर्डले सातवटै प्रदेशमा आफ्ना प्रदेश कार्यलय स्थापना गर्ने तयारी समेत थालेको छ ।

कानुनः एसइई परीक्षा प्रदेश सरकारले र कक्षा ८ को परीक्षा स्थानीय तहले सञ्चालन गर्ने ब्यवस्था छ । बोर्डलाई भने कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने अधिकार दिइएको छ । तर, प्रदेशहरुले एसइई परीक्षाको कानुनी तथा नीतिगत तयारी गर्न नसकेपछि यस पटक पनि बोर्डले केन्द्रबाटै परीक्षा लिने भएको हो ।


ताजा समाचार