डलरसहित सबै मुद्रा महंगियो, अाज कतिमा काराेबार भए हेर्नुहाेस्
काठमाडौँ । मंगलबार एक अमेरीकी डलरको बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरीकी डलरको खरिददर भने ११५ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै एक यूरोको खरिददर १ सय ३४ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ६४ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर १ सय ५२ रुपैयाँ ४९ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ९७ पैसा रहेको छ ।