Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

श्रम दिवसको अवसरमा  सडकका छेउमा वृक्षारोपण


सुर्खेत १ असोज । श्रम दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । सोमबार २ सय १६ तेजपत्ताका बिरुवा तथा ३ सय फलफुलका बिरुवा रोपिएको वीेरेन्द्रनगर नगरपालीकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताएका छन् । वीरेन्द्रनगर १२ को एयरपोर्टचौक सडक छेउमा २ सय १६ तेजपत्ता र वीरेन्द्रनगर ५ को सरकारी जग्गामा ३ सय फलफुलका बिरुवा रोपिएको हो । कार्यक्रमका कर्णाली प्रदेश सरकारका मन्त्री, सचिब, सुरक्षा निकाय तथा जनप्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।

बृक्षारोपण कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले सडकका छेउमा विरुवा नभई पैसा रोपेको बताएका छन् । उनले भने ‘ विरुवा मानब जिवनका लागी अत्यन्तै महत्वपुर्ण छ । हामीले विरुवा होईन पैसा राप्दै छौं । अक्सिजनका लागी मात्रै हामीले विरुवा रोपेका होईनौं ं। तेजपत्ताबाट मनग्य आम्दानी गर्नका लागी पनी हामीले यो नयां कामको शुरुवात गरेका हौं ।’

हामीले गरेको हरेक कामले कर्णाली प्रदशको आर्थीक सम्बृद्धि गर्नुपर्छ । उनले थपे ‘ कर्णाली प्रदेश अब नमुना बन्नु पर्छ । हामी अरुप्रदेशबाट सिक्ने होईन हरेक कुरा अरु प्रदेशले हामीबाट सिक्नुपर्छ ।’ आंफुले सडकका नालीहरु सफा गरेको जनतालाई सभ्यता सिकाउनको लागी भएको समेत मुख्यमन्त्री शाहिले बताएका छन् ।

त्यस्तै वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देव कुमार सुवेदिले अब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालीका सुर्खेतलाई नमुना र हरियाली बनाउने बताएका छन् । कर्णाली प्रदेश सरकारको २०७४ फाल्गुन २६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुरुप हरेक महिनाको १ र १५ गते श्रम दिवस मनाउदै आएको छ ।


ताजा समाचार