Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

कर्णालीमा पहिलो पटक भलिबल रेफ्रि तालीमको आयोजना हुने

सुर्खेत १, असोज ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक भलिबल रेफ्रि तालीमको आयोजना हुने भएको छ । मंगलबार देखी उद्घाटन हुने तालीमको प्रशिक्षण नेपालकै एकमात्र अन्र्तराष्ट्रिय स्तरका रेफ्रि गौतम प्रसाद लासीवाले गर्ने आयोजकले बताएको छ । सुर्खेत जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघ त्रिपुरेश्वर काठमान्डौंको समन्वयमा हुन लागेको भलीबल रेफ्रि तालीम असोज २ गते देखी ६ गते सम्म चल्ने नेपाल भलीबल संघका केन्द्रिय सदस्य तथा कार्यक्रम संयोजक सोमबहादुर श्रेष्ठ (मंगल) ले बताएका छन् ।

प्रदेश स्तरिय तालीममा कर्णाली प्रदेशका सबै जिल्ला र प्रदेश नं ५ तथा ७ बाट समेत सहभागीहरु आउने छन् । तालीममा करिब ७० जनाको सहभागीता रहने छ । कर्णाली प्रदेशमा यो पहिलो भलीबल रेफ्रि तालीम भएको जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष तथा सुर्खेत जिल्ला भलीबल संघका समेत अध्यक्ष चन्द्रकुमार गिरीले बताएका छन् । उनले भने ‘ हामीले यो भन्दा अगाडि भलीबलको रेफ्रि तालीमको आयोजना गरेको थिएनौं ।

यो तालीमले समग्रमा कर्णाली प्रदेशको भलीबल खेललाई अझ बलीयो बनाएर लैजाने छ । ’ हामीलाई जिल्ला स्तरिय भलीबल प्रतियोगीता सञ्चालन गर्दा रेफ्रि बाहिरबाट ल्याउनुपर्ने बाधयता थियो । उनले थपे ‘ अब कर्णाली प्रदेश यो झन्झटबाट मुक्त हुने छ । तालीममा सहभागीहरु आ–आफनो जिल्लामा गएर भलीबल खेललाई अगाडि बढाउन सक्नेछन् ।’ तालीमको उद्घाटन कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले गर्नेछन् । खेलमा सहभागीहरुले आफनो खर्च आंफैले बेहोर्नुपर्ने र सहभागीहरुले ३५ सय सहभागी खर्च समेत तिर्नुपर्ने आयोजकले बताएको छ ।


ताजा समाचार