Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

पन्तको हत्यारालाई कारवाहीकाे माग गर्दै जाजरकोटमा र्‍याली

जाजरकाेट ,१ असाेज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीकाे माग गर्दै जाजरकाेटमा  सोमबार दबाब र्‍याली आयोजना गरिएको छ। जाजरकोट युवा क्रिकेट क्लवमा आवद्ध युवाहरुको अगुवाइमा अपराधीलाई सार्वजनिक गर,हामी शान्ति चाहन्छौ। प्रहरी अंकल के हामी सुरक्षित छौ ? बलात्कार र हत्याका दोषीलाई कारवाही गर’, ‘कानुनी राज्य प्रत्याभूत गर’, ‘छोरीचेलीलाई बाँच्न दे’ लगायतका नारा लगाउँदै महिला तथा बालबालीकाहरु प्रदर्शनमा उत्रेका हुन ।

पन्तकाे हत्या भएकाे ५४ दिन अघि बलत्कार पछि कन्चनपुरमा  हत्या गरिएकी  पन्तलाई न्याय दिन माग गर्दै सरकार विरुद्ध विशाल प्रर्दशन गरिएकाे जाजरकोट युवा क्रिकेट क्लबका अध्यक्ष अनिश कार्किले जानकारी दिए ।  निर्मला पन्तका हत्याराहरुलाई लामो समय सम्म कारबाही गर्न  दुई तिहाइको सरकारले  लापर्वाहि गरेको भन्दै  महिला, युवा, बालाबालिका र अन्य सर्वसाधारणहरुले  स्वस्फुर्त रुपमा   सरकार विरुद्ध प्रर्दशन गरेका हुन्।

स्थानीय जाजरकोट युवा क्रिकेट क्लवमा आवद्ध युवाहरुको अगुवाइमा भएको  र्‍यालीमा दुइहजार बढीको सहभागिता रहेको थियो। स्थानीय ठाँटीबजारबाट सुरु भएको सयौं बालबालिका, युवायुवती र महिलाहरुको  जुलुसुले  थाप्लेचौर, गैरीखाली, दरवार  र पिपलडाडाँ हुदै पुरै खलंगा वजारको परिक्रमा गरेको थियो ।   प्रदर्शनकारीहरुले  घटनाका अपराधीलाइ  फाँसीको माग गर्दै  शान्तिपूर्ण प्रर्दशन गरेकाे थियाे ।


ताजा समाचार