Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

राज्यले विभेद गरेको भन्दै राहत शिक्षकहरु आन्दोलीत ।

जाजरकाेट,१ असाेज । राज्यले सेवासुबिधा मा विभेद गरेको भन्दै जाजरकोटमा राहत शिक्षकहरु आन्दोलीत भएका छन । नेपाल राहत शिक्षक जिल्ला समिति जाजरकोटले आइतवार जिल्ला सदरमुकाम खलंगामा पत्रकार समेलन गरि सरकारले राहत शिक्षहरुलाई बिभेद गरेको भन्दै आन्दोलनका कार्यक्रम घोष्णा गरेका छन । धेरै जसो बिद्यालयहरुमा राहत शिक्षकहरुको जिम्मेवारी भएको हरेक सेवा सुविधा बाट बन्चीत गरेको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको नेपाल राहत शिक्षक जिल्ला समिति जाजरकोटका का.वा. अध्यक्ष रुद्र बहादुर वलीले बताउनु भएको छ । बिद्यालयको एउटौ छाना भित्र अध्यन गराउने सहकर्मि दुर्गम भत्ता खान्छन सेवा सुबिधाको ग्यारेन्टी छ । तर आफुहरुको भविश्य अन्धकारमा रहेको वलिको भनाई रहेको छ ।
संघले आजै एक बिज्ञेप्ती सार्वजनिक गरेको छ । सँगैका सहकर्मीहरुको भविस्य सुरक्षित अवतरण हुदा हामी लाई राज्य बाट विभेद गरीएकाले शौक्षिक आम हडताल गर्न समेत बाध्य हुने अध्यक्ष वलीले जानकारी दिनु भयो । शिक्षकहरुको हक हितको लागि शिक्षकहरुको हरेक हकहितमा रहेको साझा संगठन नेपाल शिक्षक महासंघ लगायत सम्पूर्ण पेशागत संगठनहरुले राहत शिक्षकको पक्षमा औकालत गर्न उहाँले आग्रह गर्न भएको छ ।हाल जाजरकोट जिल्लामा ५ सय ४५ जना राहत शिक्षक अन्यायमा पर्दा शिक्षक महासंघ चुप रहेको समेत बिज्ञेप्तीमा उल्लेखित गरिएको छ । साथै राहत कोटामा कार्यरत रहेका शिक्षकहरुलाई एकमुस्ट स्थाई गर्नको लागि संघिय ऐनमा नितिगत ब्यवस्थाको शिक्षक संघ बाट जोडदार माग गरिएको अध्यक्ष वलीको भनाई रहेको थियो ।

सरकारले राहत शिक्षकलाई स्थायी प्रकृयाको थालनी गर्नु पूर्व राहत शिक्षक हालको शिक्षा ऐनतथा नियमावलीले गरेको ब्यवस्था स्वामित्व निर्माणधिन ऐनले ग्रहण गर्ने ब्यवस्था हुनु पर्नेमा जोड दिए । स्थायी प्रकृयामा शुरु गर्नु पूर्व शिक्षक सेवा आयोग बाट लिइने बिभिन्न चरणका परिक्षाम राहत दरवन्दीमा कार्यरत शिक्षकको उम्मेरको हदवन्दी हटाउन समेत माग गरीएको थियो ।राज्य वाट शिक्षक हरु बिचमा गराउदै आएको सबै खाले बिभेदको अन्त्य गर्ने नितिगत ब्यवस्था सरकारले सुनिश्चित गरीनु पर्ने भन्दै बिभिन्न माग सहीत आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।


ताजा समाचार