Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

ज्ञानोदय पुस्तकालयकाे अध्यक्षमा हरिभक्त अधिकारी

काेहलपुर । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिती चयन गरेको छ ।

गत असार १९ गते स्थगित गरिएको साधारणसभा बैधानिक रूपमा आज पुन संचालन गरिएको पुस्तकालयका सचिव विष्णु वेल्वासेले जानकारि दिए । कोहलपुर १२ चप्परगौडिस्थित होटल वेष्टर्न रिभर साईडमा संचालन गरिएको साधारणसभाले पुस्तकालयको नयाँ कार्यसमिति चयन गरेको सचिव वेल्वासेले जानकारि दिए ।

साधारणसभामा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवि, आजिवन सदस्य, पत्रकार, साहित्यकार लगायतको उपस्थितिमा नयाँ कार्यसमितीको चयन गरिएको हो । सर्बसम्मत रुपमा ज्ञानोदय पुस्तकालयको अध्यक्षमा हरिभक्त अधिकारि , उपाध्यक्षमा संगिन शर्मा, सचिव बलबहादुर खड्का , सह सचिव माया गौतम, कोषाध्यक्ष बिनोद पौडेल र सदस्यहरुमा सुरेन्द्र बहादुर थापा कृष्णा कुमारि चालिसे, टंक लामिछाने, निर्मला सुनार, दिपक राई , डा। देबेन्द्र आचार्य, बद्री ढकाल र राजेन्द्र बिष्टको नया कार्यसमिती बनाइएको हो ।

पुस्तकालयमा सदस्यता वितरण गर्ने विषयलाई लिएर भएको बिवादका कारण पदाधिकारी लगायत आजिवन र साधारण सदस्यहरु दुई समुहमा विभाजित भएका छन् । यस अघि एउटा समुहले साधारण सभा सम्पन्न गरेको भन्दै नयाँ कार्यसमिति पनि चयन गरिसकेको छ ।

जसको अध्यक्षमा चेतकान्त भट्टराई छन् । यस अघि भएको साधारण सभामा सचिव विष्णु वेल्वासे लगायत पदाधिकारी र आजिवन तथा अधिकाँश साधारण सदस्यलाई समेत जानकारी नदिई साधारण सभा सम्पन्न गरिएको भन्दै विवाद उत्पन्न भएको थियो । सचिव वेल्वासेले आफुले साधारण सभा सम्बन्धी जानकारी नै नपाएको बताए । जसका कारण सचिवबिना नै यस अघिको साधारण सभा सम्पन्न भएको थियो । त्यसका विरुद्ध समितिका पदाधिकारी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पुगेका थिए ।

सो साधारण सभालाई अवैधानिक ठहर गर्दै आइतवार पुन साधारण सभा गरिएको हो ।


ताजा समाचार