Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

दाेषी लाइ कारबाहीकाे माग राख्दै आफन्तले शव बुझ्न इन्कार

जाजरकोट : जाजरकाेटकाे छेडागाड नगरपालिका वडा न ६ थलहमा रहेकाे जयलक्ष्मी मेडीकल फर्मका सञ्चालकलाई कारबाहीकाे माग गर्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।  मेडी फर्ममा उपचार गर्न गएकी छेडागाड १०, नल्फुकी ३८ वर्षिया पन्चकला नाथ योगीको स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै पीडित अाफन्तले शनिवार शव बुझ्न नमानेका हुन् ।

सामान्य ज्वरोको उपचारका लागि गएकी ती महिलाको मेडिकल सञ्चालक तिलक बोहराको लापरवाहीले ज्यान गएको आफन्तले आरोप लगाउँदै अाएका छन  । बाेहराले सञ्चालन गरेको मेडिकल समेत अवैध भएकाले घटना जटिल बन्दै गएको छ । मेडिकल सञ्चालक लाई शुक्रबार नै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न  थालेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे  छ ।

मेडिकलका सञ्चालक बाेहरा पक्षले भने घर जाने क्रममा ती महिलाको मृत्यु भएकाले उपचारमा कुनै लापरवाही नभएको दाबी गर्दै अाएका छन । पीडित पक्षले मेडिकलमा ज्वरोको तीन वटा सुई लगाएको केही घण्टामै मृत्यु भएकाले उपचारमा लापरवाही भएको भन्दै क्षतिपूर्ति र कारबाही माग गरिरहेका छन । उपचारमा लापरवाही गरेर बुहारीको ज्यान गएको ससुरा सेतुनाथ योगीले बताए । उनले भने, ‘बुहारी लाई ज्वरो आएको र सामान्य छाती दुख्ने समस्या भएपछि बिहीबार थलबजारकोे उक्त मेडिकल लगेका थियौं ।

मेडिकल सञ्चालक बोहराले चेक गरेपछि एकै पटक ३ वटा सुई लगाइदिए, औषधि खान दिए । केही समयपछि घर लैजाने क्रममा बुहारी एक्कासि बेहोस भइन् । बुहारीको होसै नखुली मृत्यु भयो ।’ उचित क्षतिपूर्ति र अवैध मेडिकल सञ्चालक बोहरालाई कारबाही नगरेसम्म लास नउठाउने उनले बताए ।

पाँच वर्षअघि पतिको मृत्यु भएपछि एकल जीवन बिताइरहेकी योगीका २ छोरा र एक छोरी छन् । घटनाबारे हाल अनुसन्धान  कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटका  प्रहरी निरीक्षक लोकबहादुर विष्टले जानकारी दिए । सुर्खेतस्थित जयलक्ष्मी मेडीको फर्मको नामबाट बोहराले थलहबजार लामो समयदेखि  मेडिकल सञ्चालन गर्दै आएका थिए ।


ताजा समाचार