Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

NCSS बाट दुई क्रिकेटर करण र हरि सम्मानित

काठमाण्डाै । नेपाली क्रीकेट समर्थक समाज (एनसिएसएस ) बाट नेपाली क्रीकेटर करण केसि र हरि बहादुर चौहान सम्मानित भएका छ्न ।

काठमाडौ स्थित नेपाल खेलकुद पत्रकार मन्चको हल मा आयोजित सम्मान कार्यक्रम मा उनिहरुलाई नगद राशी सहित सम्मान गरिएको हो ।

संस्थाका तत्कालीन कोषाध्यक्ष रहेका स्वर्गीय प्रमोद ब्रजाचार्यले नेपाली क्रिकेट को लागि गर्नु भएको योगदानलाई सम्मान तथा उहाँको सम्झना मा एनसिएसएस ले “स्व. प्रमोद बज्राचार्य एनसिएसएस राष्ट्रिय सेवा सम्मान” बाट नगद २५ हजार नगद सहित नेपाली क्रीकेट का उदयमान खेलाडी हरि बहादुर चौहान लाई सम्मान गरिएको हो । उनले नेपाल को सबैभन्दा ठुलो एकदिवसीय प्रतियोगिता प्रधानमन्त्री कप मा उत्कृष्ट प्रंदशन गरेका थिए । प्रदेश नम्बर ४ बाट खेलेका उनले १ सय ५७ रन र ८ बिकेट समेत लिएका थिए ।

यसै बर्ष देखि यो सम्मान प्रत्येक बर्ष नेपालि क्रीकेट का उदयमान महिला तथा पुरुष क्रिकेट खेलाडी मध्य बाट एक जना लाई हरेक साल यो सम्मान प्रदान गरिने एनसिएसएस ले घोषणा समेत गरेको छ ।

यस्तै सोही कार्यक्रममा मा नै नेपाललाई बिश्वकप छनोट २०१८ सम्म पुर्याउन अबिस्मरणीय ठूलो भुमिका खेलेका करण केसिलाई “स्व. प्रमोद बज्राचार्य राष्ट्रिय विशेष सेवा सम्मान” बाट सम्मान गरिएको थियो ।

नेपाली क्रिकेट समर्थक समाज को अफिसियल फेसबुक ग्रुपका समर्थकहरुले आफ्नो मनै बाट नेपाल लाई बिश्वकप छ्नोट पुर्याएका करण लाई सम्मान गर्नुपर्छ भन्ने बिचार लाई कदर गर्दै डिभिजन २ प्रतियोगिता सकिए लगत्तै एनसिएसएस ले समर्थक बाट सहयोग रकम उठाएको थियो । सोही समर्थक बाट उठेको १ लाख नगद राशी सहित “स्व. प्रमोद बज्राचार्य राष्ट्रिय विशेष सेवा सम्मान” बाट करन लाई सम्मान गरिएको हो ।

राष्ट्रिय विशेष सेवा सम्मान ले सम्मानित भए पछि करणले छोटो भनाई राख्ने क्रम मा उनले समर्थक हरु को यो माया ले अझ हौसला सहित अझ नेपाल को लागि राम्रो गर्ने प्रेरणा मिलेको बताएका थिए ।

यस्तै कार्यक्रम मा बोल्ने क्रममा सस्था का अध्यक्ष भानु सिग्देल ले स्वर्गीय ब्रजाचार्य स्मरणीय गर्दै उहाँ को संस्था र नेपाली क्रीकेट मा ठुलो योगदान रहेको बताए ।

यस्तै संस्थाले नेपाली क्रीकेट मा समर्थक को तर्फ बाट गरेको योगदान लाई कदर गर्दै संस्थाले सदस्य महेन्द्र गुरुङलाई प्रसंशा पत्र ले सम्मान गरिएको थियो ।

कार्यक्रम मा नेपाली क्रीकेट टोलि का महत्त्वपूर्ण खेलाडी सोमपाल कामी ,नेपाली क्रीकेट समर्थक समाज (एनसिएसएस ) का प्रदाधिकारी , स्वर्गीय ब्रजचार्य का आफन्तजन हरु तथा समर्थक र खेल पत्रकार हरुको सहभागिता रहेको थियो । सम्मान कार्यक्रम संस्थाका सचीव बिमल पौडेल ले सन्चालन गरेका थिए ।


ताजा समाचार