Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

जाजरकाेटमा बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे (फाेटाे फिचर)

जाजरकाेट । भदौ २९ अर्थात हिजाे राष्ट्रिय बाल दिवस, सो अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। ‘सुखी नेपाली, समृद्ध नेपाल: बालअधिकार सबैको सरोकार’ भन्ने नारासाथका जाजरकोटमा पनि दिवस मनाइएको छ।

दिवसको अवसरमा जिल्ला सदरमुकाममा प्ले कार्डसहितको र्याली निकालिएको थियो। यहाँ बालबालिकाहरुले बाल शोषण अन्त्य गरौँ, बाल अधिकारको संरक्षण हाम्रो अभियान, बाल अधिकारको सुनिश्चितता आजको अवश्यकता लेखिएका प्ले कार्डसहित दिवस मनाएका हुन्। नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।

बाल दिवसको अवसरमा त्रिभुवन मावि खल‌गामा विभिन्न खेलकुद प्रतियोगिताहरू सम्पन्न भएका छन् ।

भेरी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा कुर्सी दौड र हिसाब दौड प्रतियोगिता सम्पन्न भएका हुन् । कुर्सी दौड प्रतियोगितामा त्रिभुवन माविकी छात्रा शितला वली विजेता भएकी थिइन भने कस्तुरी बोडिङकी सृजना सिह उप विजेता भएकी थिइन ।

त्यस्तै हिसाब दौडमा प्रावि तर्फ कस्तुरी बोडिङका गौरब केसी प्रथम, गोल्डेन स्कूलका रेडियम खत्री द्वितीय र गोल्डेनकै गिरिजा वली तृतीय भएका थिए ।

सोही विधा अन्तरगत निमावि तर्फ गोल्डेन स्कूलकी संगीता शाही प्रथम, गोल्डेनकै लोकेन्द्र केसी द्वितीय र कस्तुरीका तिलक बुढा तृतीय भएका थिए ।

यसैगरी मावि तर्फ त्रिभुवन माविका विनोद विक प्रथम, त्रिभुवनकै हिमान्सु कार्की र अमिन विक क्रमश द्वितीय र तृतीय भएका थिए ।

प्रतियोगिताका विजेताहरूलाई भेरी नगरपालिकाका उप-मेयर भावना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले पुरस्कार वितरण गरेका थिए ।


ताजा समाचार