Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

स्थानिय सडक बर्खा सकिनै लाग्दा धमाधम खुल्दै

जाजरकोट  ः जाजरकाेटका  आन्तरिक तथा वाह्य सडकहरु बर्खा सकिनै लाग्दा धमाधम खुल्न थालेका छन । यहका स्थानिय तहहरूले हाल  वर्षायाम सकिन लाग्दा स्थानिय ग्रामि सडकहरु सञ्चालनमा आउँन थालेका हुँन् ।
सरोकारवाला निकायको लामो प्रयास पछि जिल्लाको विभिन्न ठाउँका सडकहरु सञ्चालनको तयारी भएको प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए  ।

सदरमुकाम भित्र रहेका शान्ति चौतारा ‑तल्लो थाप्ले सडक , पासागाड ‑ कालेगाउँ सडक , खलंगा ‑ पाँचकाटिया सकड , खलंगा ‑रिम्ना सडक , रिम्ना ‑ आठविसकोट सडक , दल्ली ‑ तल्लु सडक लयमा आउँन थालेका छन् । गाउँ गाउँमा स्थानीय सरकार र स्थानीयको सहकार्यमा घोडेडो बाटो देखि विद्युत नहर सम्मका काम मर्मत कार्य सुरु भएको छ ।

जिल्लाको नलगाड नगरपालिका वडा ३ कैनाको साङट भेरी खोला जलविद्युत योजना मर्मतमा स्थानीयहरु जुटेका छन् । नलगाडकै वडा ८ हल्चौर स्थित घोडेटो बाटो स्थानीयले निशुल्क निर्माण गरिएको छ । नलगाडमा मात्र सडक र अन्य संरचना गरि झण्डै ५० करोड भन्दा वढीको क्षति भएको छ । जिल्लाम अाएकाे बिभिन्न बिपद प्रकाेपमा लाखाैं धनजनकाे क्षती ब्याेर्नु परेकाे गाउँ , गाउँमा गएर क्षतिको विवरण संकलन पछि हाल नगरपालिकाका मुख्य सडक देखि शाखा सडकहरूकाे  निर्माणका काम सुरु भएको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिए  ।

प्रयाप्त वजेट र कम जनशक्तिका कारण काम गर्न मुस्क्लि भएका जाजरकोटका स्थानीय तहमा अहिले स्थानीयले सहकार्यमा काममा हौसला मिलेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालवहादुर महतराले बताए । केन्द्रीय सरकार देखि प्रदेश सरकार संग जिल्लामा भएको क्षतिका विषयमा जानकारी गराई राहत र पुर्णस्थापनाको काम संगै भएको नलगाड नगरपालिकाका  नगर प्रमुख टेक बहादुर रावलले बताए ।

जिल्लामा आन्तरिक र वाह्य सडकहरु ठप्प भएकोमा अहिले विभिन्न ठाउँमा सञ्चालनमा आएको स्थानीय सरकारका प्रमुखले बताएका छन् । नजिकिदो चाँड , पर्वलाई ध्यानमा राखि कसरी जनतालाई सेवा , सुविधा दिन सकिन्छ भन्ने उदेश्यले काम भईरहेका  छन  ।


ताजा समाचार