Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

जाेगि काे जलाैटि र कांग्रेस काे लाेकतन्त्र

 “पहाड का गाउघरमा लटाधारि जाेगि बाबा कहिलेकाही अाउने गर्छन।उनी काे हातमा जल ले भरिएकाे जलाैटि हुन्छ।उनी भन्छन्”ए लाे काशिका जल है !”अनि गाउका साेझा मान्छे काशिकाे जल भनेपछि राम्रै त हाेला भनेर हात थाप्छन र जाेगिले दिएकाे जल पिउदै कपालमा घस्छन्।तर त्याे जल काशि बाट ल्याएकाे महिनाै भईसकेकाे हुन्छ र काशिकाे जल सकिदै गाउका धाराकाे पानी भर्दै अन्तिममा गाउका पधेराेकाे पानि पनि काशिकै जल भनेर पिलाउदै रुपैयाँ असुल्दै गर्ने गर्छन्।”

नेपाली राजनितिमा जन्मिने बेलाका  पात्राे नहेरि राखिदिएकाे नाम र पुर्खाकाे थर भजाएर खाने परंपरा निरन्तरता मा छ।खास गरि नेपाली कांग्रेस काे नेतृमा २००७ काे परिवर्तन देखि २०१७साल सम्म काे एक कालखण्ड,२०४६ काे अान्दाेलन र बहुदलिय ब्यबस्थाकाे पुनर स्थापना ,२०५२ देखि थालनि भएकाे जनयुद्ध त्यसले सृष्टि गरेकाे ०६२/०६३ काे जन अान्दोलन ,त्यसले सम्भव तुल्याएको संविधानसभा काे चुनाव पछि अाज देशले एउटा राजनितिक काेर्स पूरा गरि गणतन्त्रात्मक ब्यबस्था कायम भएकाे छ।

नेपालकाे गणतन्त्रात्मक संविधान कृयान्वयनकाे प्रक्रिया सुरु भईसकेकाे छ।याे प्रकृयाकाे सुरुवात संगै बर्षाैं देखि काे राजनितिक अस्थिरता काे अन्त भएकाे छ।देशले बहुमतकाे सरकार पाएकाे छ।बिगत दशकाैं देखि अस्थिर सरकार र ब्यबस्थाकाे पट्यार लाग्दाे,घिन लाग्दाे र असहज अव्स्था बाट निराश जनता लाई नयाँ अाशा ,विश्वास र भराेसा जागेकाे छ।विश्व राजतिनिक इतिहासमा पहिलाे पटक नेपालमा याे प्रकृया बाट कम्युनिस्टको २/३बहुमतकाे सरकार बन्नु अाफैमा नयाँ कुरा हाे।त्यसमा पनि अाफ्नाे स्थापना काल देखि उत्पिडित बर्ग,जाति,क्षेत्र र समुदायकाे मुक्ति नारा उठान गरेर निरन्तर संघर्ष गरेकाे पार्टी काे नेतृत्वमा सरकार।

अर्काेतिर लाेक तन्त्र काे लागि स्थापना काल देखि संघर्ष गर्दै अाएकाे पार्टी नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा छ।याे भनेकाे लाेकतन्त्र प्रति प्रतिबद्ध र अनुभवले परिपक्व पार्टि प्रमुख प्रतिपक्षी हुनु ब्यबस्था काे संस्थागत बिकास र समृद्धि नेपालकाे ग्यारेन्टी हुनु हाे,जनताले यहि बुझेकाछन्।र प्रतिपक्ष भनेकाे बैकल्पिक सरकार पनि हुनुले उसले अाफुलाई बढि जिम्मेवार बनाउनु पर्छ।उसले सरकार ढाल्ने र बनाउने बिगतका कम्जाेरि दाेह्रयाउनु हुदैन जसले ब्यबस्था कम्जाेर बनाउछ।

तर ,अाजसम्म का उसका गतिविधि हेर्दा कांग्रेस अझै सच्चिन बाकि देखिन्छ।कांग्रेस अाज पनि सरकारमा कसरी पुग्न सकिन्छ त्यै ध्याउन्न मा छ।र उसले नकपा (नेकपा)काे सरकार लाई “तानाशाही र अधिनायकवादी “अाराेप लगाएर जनतामा भ्रम पैदा गर्न खाेज्दैछ।कहिले डक्टर संग टासिन्छ त कहिले समितिले अस्विकार गरेका न्यायाधीश संग टासिन पुग्छ।ब्यबस्थाकाे स्थायित्व ,देशकाे समृद्धि र जनजिविका काे लागि राज्यकाे तर्फबाट सरकारलेगर्ने अनिवार्य काम लाई अधिनायकवाद देख्नु कांग्रेसको अधैर्यताकाे पराकाष्ठा हाे।
 कांग्रेसले शाेच्नु पर्छ कि उ कति पटक सरकारमा रह्याे र जनतालाई लाेक तन्त्र कति अनुभूत गरायाे ?२०१७ सालमा २/३काे सरकार बनेर पनि कुटनैतिक क्षमताकाे अभावमा प्रजातन्त्र गुम्याे।२०४८ काे एकमना सरकार अान्तरिक प्रजातन्त्र काे अभावमा ०५१ मै सरकार ढल्याे,अर्काे पटक ११०सिट जितेर सरकारमा पुग्याे “गिरिजा र देउवा”गुट बनेर अापसि झगडाले देशलाई बर्बाद बनायाे कांग्रेसले।कांग्रेस काे एउटा नबिर्सिने संस्कार भनेकाे भए बाहिर लडाई नभए अाफै भित्र लडेर जमिन बिगार्ने हाे।
 काग्रेस काे लाेकतन्त्र नेपाली जनता लाई प्रष्टै थाहा छ,०४७ पछि अाएकाे प्रजातन्त्र पछि कांग्रेसको साधारण सदस्य नबने पछि जागिर नपाउने,सार्वजनि अपराध मुद्दा लगाउने ,कर्मचारि लाई दुर्गम र अपठ्याराे ठाउमा सरुवा गर्ने धम्कि र बिकाश माग्न कांग्रेस जिल्ला पार्टीको शिफारिस चाहिन्थ्याे।यस्ता दर्जनाै घटनाकाे चश्मदित गवा याे पंक्तिकार हाे।यी सबै अधिनायकवाद का परिचय हुन।
 जनयुद्ध थालनि हुन्छ अाफैले निर्माण गरेकाे संविधान र कानुन लत्याएर हिंसामा उत्रियाे।यसकाे उदाहरण फाल्गुन १३ गते जाजरकोट ,१४ गते गाेरखा र रुकुम मेल गैरि काे सामुहिक हत्या हुन्।त्यस पछि माअाेवादी प्रतिराेधमा उत्रियाे।०५२ माघमा पेशगरेकाे जनमाेर्चाका माग लाई डस्विनमा फालेर हत्यामा उत्रिने कांग्रेस कै सरकार थियाे याे हाे ताना शाहि र अधिनायक वाद।
जनयुद्ध मध्य अवस्थामा पुगे पछि दमन द्वारा सम्भव देखेर नेताहरु काे टाउकाे काे मूल्य ताेकेर कार्कर्ता परिचान गरियाे याे हाे फासिवाद,तानाशाही र अधिनायकवाद !अस्ति सम्म सत्ता साझेदार दल लाई सहमति नगराएर प्रदेश प्रमुख र अन्य राजनितिक नियुक्ति गर्याे।माअाेवादीकाे तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री लाई विनाविभागिय बनाई अाफ्नामान्छे भर्ति गर्याे कांग्रेसले,अनि याे भन्दा अधिनायकवाद कुनदेश काे कुन पार्टि हाेला?पछिल्लाे उदाहरण हेराैं प्रधान न्याधिस प्रकरण!संविधान ले गरेकाे ब्यबस्थामा संसदिय सुनुवाइ समिति छ।त्याे समिति काे काम छानविन गर्ने ,स्पष्टीकरण लिनु प्रमाण पुगे स्वीकृति नपुगे अस्विकार गर्ने हाे।केवल सुनुवाई गर्ने ल्याप्चे लगाउने हाेईन ।
याे संविधान निर्माण ठुलाे साझेदारि नेपाली कांग्रेस पनि हाे।तर कांग्रेस काे अर्काे भुल्नै नसक्ने संस्कार केहाे भने।अाफु सरकारमा रहदा संविधान ,कानुन ,नियम र प्रणालीको वकालत गर्दै अाफुलाई जे लाग्याे त्यहि कुरा कानुनि हुन्छन् भने अाफु सरकार बाहिर हुदा राजनितिक सहमति,सहकार्य र समझदारिकाे कुरा अगाडि अाउछ।यदि त्यसाे नभए कडा अान्दाेन र संघर्ष धम्कि दिने।
अन्तमा !कांग्रेस पार्टी परिवर्तनको लागि लामै संघर्ष गरेकाे पार्टी हाे यद्यपि उसले उपलब्धि बचाउन सकेन ।तर उसले अाफुलाई लाेकतान्त्रिक पार्टिमा दावी गरे पनि स्थापना कालमा थियाे हाेला।२००७ देखि यहाँ पुग्दा पनि अाफुलाई पुरानै लाेकतान्त्रिक पार्टि भन्नू उसका उपराेक्त अधिनायकवादी अभ्यास ले खण्डन गरि सकेकाे छ।त्यसकारण काशि (वाराणसि)काे जल सकिएर खाेलाकाे पानी जलाैटिमा भरेर काशिकै भनेर खुवाउने र पैसा माग्ने जाेगि र कांग्रेस मा अन्तर देखिन्न भन्दा के फरला र?
           लेखक : काली बहादुर मल्ल राष्टिय सभा सदस्य  

ताजा समाचार