Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

बालविवाह न्यूनिकरण का लागि तिज गित तथा नृत्य प्रतियोगिता

जाजरकाेट,२८ भदाै । छेडागाड नगरपालिका जाजरकोटको थलह बजारमा “बालविवाह न्यूनिकरण, हामि सबैको साझा अभियान” विषयक वृहत तिज गित तथा नृत्य प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । थलह बजार ब्यवस्थापन समितिको आयोजना र सेभ द चिल्ड्रेन÷पाँचतारा युवा संरक्षक मञ्चको साझेदारीमा सञ्चालित एकिकृत परियोजना को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । छेडागाड नगरपालिकाको विभिन्न स्थानहरुबाट एकदमै उत्साहका साथ २४ वटा समुहहरु प्रतियोगितामा सहभागि भएका थिए ।

बालविवाह बाट जिवनमा पर्ने असरहरु, कानुनी प्रावधान हरु र बालविवाह नगर्न र नगराउनका लागि अनुरोध जस्ता शब्दहरुलाई तिजको गिति लयमा समेटी सहभागि समुहहरु बाट भब्य गित तथा नृत्य प्रस्तुत गरिएको थियो । विगतका दिनमा जिवनका दुख, विरह लाई तिजको गितमा विसाउने माध्यमका रुपमा मनाइने पर्वलाई हाल सामाजिक सवालहरुविरुद्ध सचेतनाका रुपमा यस पर्वलाई मनाउने प्रयास एकदमै सह्रानिय रहेको लोक दोहोरी गित प्रतिष्ठान का बरिष्ठ उपाध्यक्ष श्री कर्ण ब खत्रीको भनाई रहेको थियो ।

प्रतियोगिताको निर्णय लोक दोहोरी गित प्रतिष्ठानका उपाध्यक्ष श्री कर्ण ब खत्री, भेरी लोक शुशेली मञ्चका अध्यक्ष श्री रमेश बस्नेत र स्थानिय कलाकार शोभा अधिकारी द्धारा गरिएको थियो । कार्यक्रममा रु. १२ हजार नगद पुरस्कार र प्रमाणपत्र सहितको प्रथम पुरष्कार लगनशिल सहकारी समुह, झाप्र्राले हात पार्न सफल भएको थियो भने समाजसेवक बाल क्लव पजारु, मिलनचोक बालक्लव थलह बजार र शान्ति कृषक समुह, धैयाले क्रमश १० हजार ८ हजार ५ हजार नगद पुरष्कार तथा प्रमाण पत्र सहित द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गरेका थिए ।

छेडागाड नगरपालिका वडा नं ११ का बालसञ्जालका पदाधिकारी हरु द्धारा प्रस्तुत गरिएको बालविवाह विरुद्धको नाटक सबैको आकर्षणको केन्द्रविन्दुका रुपमा रहेको थियो । नगरपालिका भित्रका विभिन्न सरोकारवालाहरुको आतिथ्यतामा सम्पन्न उत्त कार्यक्रममा बालविवाह विरुद्धको अभियानमा यस कार्यक्रम एक उपलब्धिमुलक कोशेढुगा सावित भएको भनाइहरु ब्यत्त गर्नुभएको थियो । झन्डै दुई हजार जति समुदायका ब्यत्तिहरुको उपस्थिति रहेको यस कार्यक्रममा बाल विवाह नगर्न र नगराउनका लागि सामुहिक हस्ताक्षर पनि संकलन गरिएको थियो ।

सामाजिक र कानुनी दुबै हिसाबले अपराध मानिएको बालविवाह जस्तो कुरिति लाई हटाउनको लागि सबैको आकर्षणको केन्द्रविन्दु तिजको गित तथा नृत्यबाट जनमानसमा सचेतना बाड्नका लागि फरक ढंगले आयोजना गरिएको यस कार्यक्रम एकदमै सफल र प्रभावकारी रुपमा सम्पन्न भएको कार्यक्रम सञ्चालिका पाँचतारा युवा संरक्षक मञ्चका बाल संरक्षण संयोजक अन्जु भट्टराईको भनाई रहेको थियो ।


ताजा समाचार