Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

मन्त्री केसी द्धारा रुकुमका पहिरो पिडितहरुलाई राहत वितरण


सुर्खेत २८ भाद्र। कर्णाली प्रदेश सरकारले रुकुमका पहिरो पिडितहरुलाई राहत वितरण राहत वितरण गरेको छ ।
रुकुम आठविसकोट नगरपालीकाका पहिरोवाट पिडित ३१ घरपरिवारलाई कर्णाली प्रदेश सरकारका तर्फवाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले रुकुमकोराडीवजारमा राहत वितरण गरेकी हुन ।

गत साउन २८ गते देखि भाद्र ४ गते सम्म गएको पहिरोवाट आठविसकोट नगरपालीकाका वडा नंम्बर ४,९ र ११ का पहिरोवाट विस्थापीत ३१ घरपरिवारलाई प्रति परिवार २० हजारका दरले राहत प्रदान गरिएको छ । नगरपालीका विभिन्न वडाहरुमा ३१ घरपरिवार पहिरोवाट विस्थापित भएका थिए ।

पहिरोका कारण पुर्णरुपमा क्षति भएर घरवास विहिन वनेका ३१ घरपरिवारलाई प्रदेश सरकारका तर्फवाट राहत वितरण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन । पहिरो पिडितहरुलाई यसअघि आठविसकोट नगरपालिकाले प्रति घरपरिवार रु पाँच हजार, जिल्ला प्रशासन कार्यालयरुकुमले ९ हजार र रेडक्रसले दाल चामल तथा वन्दोवस्तिका सामानहरु वितरण गरेको थियो । गत साउन २८ गते देखि भाद्र ४ गते सम्म गएको पहिरोवाट आठविसकोटमा मात्रै २५ करोडवरावरको क्षती भएको नगरप्रमुख गोरख वहादुर केसीले जानकारीदिए ।

                                           एकिकृत नमुना वस्ती वनाइने
कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पहिरोपिडतका लागी एकिकृत नमुना वस्तीको विकास गरिने वताएकी छन । आठविसकोटका पहिरोपिडित परिवारलाई पुनस्थापनाका लागी प्रदेश सरकारका तर्फवाट पहल गरिने वताएकी हुन । पहिरोका कारण जोखिममा परेको वस्ती लाई एकिकृत नमुना वस्ती विकासको लागी कुनै कसुरवाँकी नराख्ने मन्त्री केसी वताइन ।

यसको नेतृत्व नगरपालीकाले लिनेछ र प्रदेश सरकार यसको सहयोगी भुमिका खेल्नेछ उनले भनिन । पहिरोवाट प्रभावित परिवार प्रति दुख ब्यक्त गर्दै मन्त्री केसीले भनिन ज्यान भए जिउलो हुन्छ, तपाईहरुले पहिरोवाट धेरैक्षती हुदा ज्यान जोगाउनु भएको छ, चिन्ता नलिनुस तपाईको साथमा सरकार छ । मन्त्री केसीले विकासको नयाँ मोडलका लागि एकिकृत वस्ति विकास गर्नुपर्नेमा जोड दिएकी छन ।

विकट ठाँउका छरपष्ट घरहरुमा विकासका पुर्वाधार पु¥याउन मुस्किल हुने भन्दै वस्तिलाई एकिकृत गर्नुपर्ने मन्त्री केसीले वताइन । प्राकृतिक प्रकोप दुःखद भएपनि यसवाट केहि फाईदा समेत लिनसकिने वताउँदै मन्त्री केसीले पहिरोवाट विस्तापित घरपरिवारलाई एकै ठाउँमा वसाल्नुपर्नेमा जोड दिइन । यस्तै नेकपाका केन्द्रिय सदस्य वसन्त शर्मा कुशलले प्राकृतिक प्रकोप वाट शिक्षा लिएर अँघि वढ्न सुझाए ।रुकुम पश्चिमवाट प्रत्यक्ष निर्वाचित सांसद रातो कामीले संसदले कानुन वनाउन ढिला गरेका कारण राहत वितरणमा ढिलाई भएको वताए । जथाभावी खनिएका सडक पनि वाढीपहिरोको कारण वनेको उनको दावी छ ।


ताजा समाचार