Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

शिक्षक छनौट प्रक्रियाबाट बिब्यस अध्यक्ष फरार, अध्यक्ष भागेपछि प्रसाशनमा गुहार

जाजरकोट २८, भदौ ।आफुले चाहेको ब्यक्ति छनौट नहुने भएपछि एक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष शिक्षक छनौटको प्रक्रियाबाट फरार भएका छन् । बिद्यालयमा आफुले चहेको ब्यक्ती शिक्षक नहुने भए पछि शिक्षक पदपुर्ति प्रक्रिया नटुङ्ग्याएर बिचमा अध्यक्ष आफु खुसी हिडेपछि विद्यालयका शिक्षक र गाउँपालीकाका अध्यक्ष स्थानिय प्रशासनमा गुहार मागेका छन ।

क्याप्सन ः सीता आधारभूत विद्यालयका प्रधानाध्यापक रत्नबहादुर थापा प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई सहजीकरणका लागी लिखित पत्र बुझाउदै ।
आफुले चाहेको ब्यक्ति छनौट नहुने भएपछि एक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष शिक्षक छनौटको प्रक्रियाबाट फरार भएका छन् । बिद्यालयमा आफुले चहेको ब्यक्ती शिक्षक नहुने भए पछि शिक्षक पदपुर्ति प्रक्रिया नटुङ्ग्याएर बिचमा अध्यक्ष आफु खुसी हिडेपछि विद्यालयका शिक्षक र गाउँपालीकाका अध्यक्ष स्थानिय प्रशासनमा गुहार मागेका छन ।

जाजरकोटको बारेकोट गाउपालिका ७ गराग्लीचौर स्थित सीता आधारभूत विद्यालयको आधारभूत तह ( ६–८ ) को अंग्रेजी विषयको शिक्षण सिकाई अनुदान कोटाको शिक्षक छनौटका लागी शिक्षा विकास तथा समन्वय ईकाइ खलंगामा गत आईतवार लिखित परीक्षा लिईएको थियो । उक्त लिखित परीक्षाको नजिता आफुले बनाउन चाहेको उम्मेदवारको पक्षमा नआएपछि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मालबहादुर वली अन्र्तवार्ता छोडेर फरार भएका हुन् ।

बिद्यालयमा ८ जनाले दरखास्त दिएकोमा मोहन विक, धर्मराज थापा र गोपाल थापा तीन जना मात्र लिखित परीक्षामा उर्तिर्ण भएका थिए । उनीहरुको सोमवार मौखिक परीक्षा अन्र्तवार्ता राखिएको थियो तर अध्यक्ष ज्यु अन्र्तवार्ता नै नगर्ने भन्दै हिडेपछि स्थानिय प्रशासन लाई आवश्यक कारबाहीको लागि अनुरोध गरिएको विद्यालयका प्रधानाध्यापक रत्नबहादुर थापाले बताए । लिखित परीक्षामा धेरै अंक फरक परेको र अन्र्तवार्ताबाट अधिकतम अंक दिदा पनि आफुले चाहेको उमेदवार गोपाल थापा शिक्षक नहुने देखेपछि अध्यक्ष वली प्रक्रियाबाटै फरार भएको प्रअ थापाको भनाइ रहेको छ ।

क्याप्सन ः सीता आधारभूत विद्यालयका प्रधानाध्यापक रत्नबहादुर थापा प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई  लिखित पत्र  ।

विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष नै अस्थायी÷करार शिक्षक छनौट समितिको संयोजक रहने ब्यवस्था रहेको छ ।छनौट समितिमा विद्यालय निरीक्षक, दुई जना विषय विशेषज्ञ र प्रअ रहने ब्यवस्था शिक्षा नियमावलीमा गरिएको छ । अन्र्तवार्ता नगराएरै हिडेपछि विद्यालयले स्थानिय प्रशासनलाई सहजीकरणका लागी बुधवार लिखित अनुरोध गरेको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई सदरमुकाम झिकाएर अन्र्तवार्ता लिई शिक्षक छनौटको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । साथै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष संग टेलीफोन सम्पर्क भएकोले अबको ३ दीन भित्र काम अगाडि बढाउने सहमति भएको प्रजिअ बस्नेतले जानकारी दिए ।


ताजा समाचार