Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

जाजरकोटमा पनि बिभिन्न कार्यक्रमका साथ हरितालिका तीज पर्व मनाइँदै


जाजरकोट,२७ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज जाजरकोटमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मन्दीरमा गएर पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

यो व्रत गरे पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता रहेको स्थानीय जानकार बताउछन । संस्कृत भाषामा ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास रहेको हिन्दु नारीहरुमा बिश्वास छ ।

व्रत बस्नेले आफ्नो क्षमतानुसार पानी, कन्दमूल (सखरखण्ड, पिँडालु आदि), फलफूल, दूध, हवनीय वस्तु, श्रोत्रीय ब्राह्मणले खान हुने चिज, गुरुको वचनानुसारका खानेकुरा र औषधि गरी आठ कुरा खान हुने शास्त्रीय मान्यता छ । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको छ ।

आज जाजरकोटका ७ ओटै स्थानीय तहहरुमा बिभिन्न आयोजना गरि हरितालीका तिज पर्व मनाइदै छ । साथै तिजको अवसरमा सबै स्थानिय तहका जनप्रतिनिधिहरुले एक आपसमा शुभकामना साटने काम जारीरहेको छ। उता स्थानिय प्रशासनले भने तड्किलो,भड्किलो र नक्कलि बनाउने भन्दा आ आफ्नो क्षमता अनुसारको तिज मनाउ त्यस्ले सकारात्मक सन्देश सुख दुख बिसाउने र जमघट ,हुने र राम्रो सन्देश प्रवाह गरेर तिज मनाउन आग्रह गरेको छ ।


ताजा समाचार