Loading... आजः बुधबार, कार्तिक १२, २०७७

नेपाल प्रेस युनियन जाजरकोटको अध्यक्षमा : शर्मा

नेपाल प्रेस युनियन जाजरकोट शाखाको अध्यक्षमा बालकुमार शर्मा निर्वाचित भएका छन । आइतवार देखि जिल्ला सदरमुकाम खलंगाम सञ्चालन भएको प्रेस युनियन जाजरकोटको पाचौं अधिबेसन बाट शर्मा अध्यक्षमा सर्बसहमतिले नर्वाचित भएका हुन ।

निर्वाचित हुनेमा अध्यक्ष बालकुमार शर्मा ,उपाध्यक्ष सुरेन्द्र सिंह, महिला उपाध्यक्ष सबिता शाह, सचिव गणेश बानिया ,कोषाध्यक्षमा बद्रि पन्त ,सहसचिव महिला माया पन्त ,सदस्यहरू नवराज शाही ,यज्ञ ज्योती ,काली बहादुर नेपाली ,तुल्सी जिएम ,प्रवल सिंह ,भबिन्द्र उपाध्या ,प्रेम राज पुन ,नविन शाहि ,रोशना सिंह ,लगाएतको टिम सर्वसहमतिले निर्वाचित भएको प्रेस युनियन जाजरकोटले जनाएको छ ।

यस्तै केन्द्रिय पार्सदको लागि जनक केसी ,भिम बहादुर सिंह,हरीहर सिंह राठोर ,राज बहादुर सिंह ,खडक बिसी ,बासुदेब शर्मा ,दुर्गा भण्डारी ,बिरगेना योगीको नाम केन्द्रिय पार्सदमा सिफारीस गरेको नेपाल  प्रेस युनियन नेपालका केन्द्रिय सदस्य राजेन्द्र कार्किले जानकारी दिए ।


ताजा समाचार