Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

तिजमा माैलिकता हराउनु हुदैन सांसद : खत्री

जाजरकोट ,२४ भदौ । तिजमा मौलिकता हराउनु नहुने प्रदेश सांसद खत्रिको भनाइ रहेको थियो । कर्णाली प्रदेश सभा सदस्य कौशिलावती खत्रिले दिन प्रतिदिन मैहिलाहरु तिजको नाममा बिभिन्न गहना महंगो लुगा लाउने र तिजको मौलीकता हराएको भन्दै हिन्दु नारीहरुले तिजको मौलिकता हराउन नहुनेमा जोड दिइन । पुरापूर्वकालमा हिमानीले महादेव पाउनको लागि बर्त गरेको सम्झना लाई लिएर हाल हरी तालीका तिज लगाउने प्रचलन रहेको भन्दै महिला दिदि बहिनिहरु माइतीमा मिठो मसिनो खान ,दाजु भाई आमा बाबा भेटनको लागि तिजमा माइतीको घरमा पुग्ने प्रचलन हाल लोप हुदै आएको उनको भनाइ रहेको थियो ।

समाजमा रहेका बिकृतीहरु लाई अन्तय गर्नको लागि बिभिन्न रचनातमक कला बाट सञ्चालन गर्न समेत सासंद खत्रिले आग्रह गरिन । पछिला दिनमा देखा सिकिमा लागेर तिज लाई भडकीलो बनाउनको साटो समुदायमा भएका अन्याय हिंसा ,अत्यचार लाई परिवर्तन गर्नको लागि महत्वपूर्ण योग्दानमा महिलाहरु हात्यमालो गरेर अगाडी बढन समेत जोड दिइन । महंगो लुगा ,गहनाको पहिरन लगाउदैमा महान नारी बन्न नसक्ने भन्दै आफनो परिस्थीति लाई सुवाउदो भेष भुषा लगाउन सबै नारीहरुलाई सुजाव दिएकी थिइन । जाजरकोट जिल्ला राज्यको पहुच भन्दा बाहिर रहेका केही बस्तीहरुमा हाल राज्यको ध्यानाकर्षन गराउन जाजरकोटी जनताको माजमा सधाभर औकालत गदौ आएकोमा थप सहयोग गर्न समेत संसद खत्रिले जानकारी दिइन ।

सोमबार भेरी नगरपालिकाले आयोजना गरेको तिज बिशेष कार्यक्रमलाइ सम्बोधन गदौ प्रदेश संसद खत्रिले यस्तो बताएकी थिइन । जाजरकोटी जनताको अमुल्य मतले प्रदेश शभाम प्रतीनिधित्व गरेको सुद दुखमा जाजरकोटी जनताको माजमा समेत रहेको संसद खत्रिले बताईन । यस्तै प्रमुख जिल्ला अधिकारी ललीत कुमार बसनेतका अनुसार नेपाली हिन्दु नारीहरु तिजको अवसर पारेर आफनो अधिकारको लागि पिडा बेदनाहरु पोख्ने प्रबको रुपमा रहेको हाल दैनीक भडकीलो हुदौ आएको बताए । परमपरागत रुपमा समुदायमा रहेका बिभिन्न सवालहरुमा समारात्मक बाटोमा नियत बदल्न आगानि नारी हरुको महत्वपुण भुमिकार रहने बताए ।

साथै जाजरकोट जिल्लाम तिजको नाममा गहना तडक भडक नभएर आफनो स्थर अनुसार समृद नेपाल सुखि नेपाली निर्माण गर्नको लागि सबै नारीहरु एकजुट हुनुपर्नेमा जोड दिए । साथै समुदायमा हुने बिभिन्न हिंसाहरुलाई नियन्त्रण गर्नको लागि प्रहरी प्रशासन सधै जनताको माजमा रहेको समेत अधिकारी बस्नेतले जानकारी दिए । उता कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले जाजरकोट जिल्लाका महिला हरु हाल चुलो चौकोमा मात्र सिमित भएकोले महिलाको स्थर उकास्नको लागि बिशेष ध्यान दिनु पर्ने बताइन । उनले भनीन जाजरकोट बाट हाल कुनै पनि दलबाट प्रत्यक्ष प्रतीनिधित्व नहुनु स्थानिय तहहरुमा प्रत्यक्ष प्रमुख ,अध्यक्ष नहुनुमा जाजरकोटका महीला असाध्य पछाडि परेकोले थप स्थर उकास्न सम्बन्धीत सरोकारवालाहरुले जोड दिनु पर्ने बताइन ।

सोमबार भेरी नगररपालिकाले गरेको तिज बिशेष कार्यक्रममा ६ ओटा समुहरुले तिज प्रतियोगिताम भाग लिएका थिए । जस अनुसार प्रथम मिना आर्चायको समुह दृतिय होलुखोला आमा समुह तिर्तिय माया पन्तको समुह सन्तना हिमाली आरसिको समुह हुन सफल भएको भेरी नगरपालिकाकी नगर प्रभक्ता शान्ता बिकले जानकारी दिइन । प्रतियोगिताम प्रथम हुने लाइ ५ हजार दृतियलाई ३ हजार तिर्तीय २ हजार सन्तना लाई प्रमाण पत्र हस्तान्तरण गरीको भेरी नगरपालिकाका कार्यकारी अधिकृत डिल्ली राज बेलवासेले जानकारी दिए ।


                                             जुनचाँदेमा पनि तिज बिशेष कार्यक्रम सम्पन्न ।
जाजरकोटको जुनिचाँदेमा पनि तिज बिशेष कार्यक्रम सम्पन्न भएको । हिन्दु नारीहरुको महान चहाड हरी तालीका तिको अवसर पारेर समुदायमा लुकेर बसेको प्रतिवालाई उजागर गर्नको लागी आइतवार गाउँपालकिाको लुहादहमा गाउँपालीका स्थरीय तिज बिशेष कार्यकम सञ्चालन गरीएको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए । स्थानिय स्थरमा रहेको कला संस्कृतीको जगेर्ना गर्नको लागि स्थानिय भेषभुष झयाली मादल प्रयोग गरी उल्ला साथ कार्यक्रम मनाएको बताए । केसीका अनुसार गाउँ गाउँमा सिंह दरवार आउको बेला हिन्दु नारी हरुलाइ हौसला प्रदान गर्नको लागि १ दिने गाउँपालिका स्थरीय आयोजना गरिएको बताए ।

यस्तै उपाध्यक्ष शिभा आचार्यले छोटा अवदिमा ४ सयको हाराहारीमा उपस्थीति रहेको हिन्दु नारीहरुको कला संसकृति लाइ जगेर्नको लागि तिज बिशेष कार्यक्रमको आयोजना गएिको जानकारी दिइन ।महिला हरु दैनीक चुलोचौको मात्र सिमित नभएर राष्टको नायक बन्नको लागि प्रेणा दिनको लागि आयोजना गरिएको बताइन । नारीहरु दैनीक हिंसामा तडपिन बाध्य भएको बेला थप जनचेतना जोगाउन छोटो कपडा अन्तय गर्नको लागि संसकृतिको उजागड गर्नको लागि समृद्ध जुनिचाँदे निर्माणको लागि कार्यक्रमको आयोजना गरिएको समेत उपाध्यक्ष आचार्यले जानकारी दिइन ।

प्रतियोगिताम सहभागि १३ समुह मध्य जुनतारा समुह जुनिचाँदे गाउँपालिका वडा न ११ प्रथम स्थान हासिल गर्न सफल भएको थियो । द्धतिय जुनिचाँदे गाउँपालीका वडा न १ को काप्रा आमासमुह तिर्तिय जुनिचाँदे गाउँपालिका वडा न १० को सिर्पा आमा समुह यस्तै सान्तना जुनिचाँदे गाउँपालीका वडा न ४ मा रहेको पाथिभरा आमा समुह रहेको आयोजकले जानकारी दिएको छ । प्रथम हुने लाई १५ हजार द्धतिय १२ हजार तिर्तिय १० हजार सान्तना ८ पुरुषकार सहित प्रमाण पत्र हस्तान्तरण गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिइन । यस्तै कार्यक्रममा बाल कलव मेसुकोट ५ हजार मयुर नाच जुनिचाँदे गाउँपालीका वडा न ४ लाई ८हजार दर्ता भएका सहभागि टिमलाई प्रमाण पत्र र २ हजारको दरले बितरण गरिएको थियो ।


ताजा समाचार