Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

नेपाली जनता माथी बाम सरकारले दमन गरेको कांग्रेस नेता सिंहको आरोप ?

जाजरकोट , २४ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली जनता माथी बाम सरकारले दमन गरेको आरोप लगाएका छन । नेपालमा बिभिन्न घटना लाई अन्यायमा परेकालाइ न्याय दोषि लाई कार्बाहीको साटो नेपाली जनता माथी बाम सरकारले गोली हान्ने दमन गदौ आएको बताए । साथै प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नेपाली प्रेसले महत्वपुर्ण भुमिका खेल्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्या प्रकाशमान सिंहले बताए ।

पहिलो संविधान सभामा वामपन्थीको वहुमत भएपनि संविधान जारी गर्न नसकेको आरोप लगाउदै सिहंले दोस्रो संविधान सभामा कांग्रेसको नेतृत्वमा मात्र संविधान जारी भएको बताए । देशमा अहिले भएका विभिन्न खालका घटनाहरु नियन्त्रण गर्न नसक्ने वाम सरकारले जनताको पक्षमा काम गर्न नसक्ने समेत स्पष्ठ भएको सिंहको आरोप छ । संसारमै लोप भएको साम्यावादी व्यवस्था नेपालमा ल्याउन खोजेको भन्दै यो नेपालमा सम्भव नभएको समेत दावी गरे ।

सिंहले नेपाली जनता अब न्याय माग्न कहाँ जाँने भन्ने प्रश्न खडा भएको उनको आरोप थियो । आइतवार नेपाल प्रेस यूनियान जाजरकोट पाँचौ जिल्ला अधिवेशन लाई सम्वोधन गदै सिंहले यस्तो आरोप लगाएका थिए । न्यायका लागि जनता अव कसको भर पर्ने , जहाँ राज्यबाट नै जनता सुरक्षित छैन् भने उनले प्रश्न गरे ।

त्यस्तै कांग्रेसका अर्का नेता हृदयराम थानीले लोकतन्त्रको रक्षाका लागि कांग्रेस लडिरहेको बताए । दलको सिट संख्य कम भएपनि लोकतन्त्रका लागि भुमिका भने महत्वपुर्ण भएको बताए । नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव तथा प्रेस सेन्टर नेपाल जाजरकोटका अध्यक्ष हेमन्त केसीले नेपाली जन्तालाई बिकास निमार्ण देखि बिभिन्न काममा सुचिक्रीत गर्नको लागि सञ्चालन भएको संगठन हाल राज्यले दमन गदै मुलुकिए ऐन लादेकोमा देश भरी सञ्चारकर्मि आन्दोलीत भएको बताए ।

जाजरकोट जिल्ला घण्टौ हिडेर फोन सेवा लिन यहाका जनता बाध्य हुने सधै खाद्यान संकट कायम रहने जाजरकोटमा नेपालि कांग्रेसका पूर्व उप–सभापति समेत रहेका प्रकाश मान सिंहको ध्यानाकर्षन गरेका थिए । केसीले मन्तब्य राख्दै जाजरकोट जिल्लाको बिकास निर्माणमा हात्यमालो गर्न आग्रह गरेका थिए । । यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष सिंहका अनुसार भाद्र १ गतेबाट लागु भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन प्रदेश सरकार÷जिल्ला प्रशासन कार्यालय, जाजरकोट मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको यसमा सरकार गम्बीर नदेखिएको बताए ।

जाजरकोट जस्तो जिल्ला बाट दैनीक पेशाम आवद पत्रकार हरुलाई कुनै पनी पुरषकार बिदेश भ्रमण जस्ता बिभिन्न अवसरमा बन्चति गराएको उनको भनाइ रहेको थियो । यस्तै क्रान्तीकारी पत्रकार जाजरकोटका अध्यक्ष दिप बहादुर घर्तीले मुलुकिए ऐनको कुनै पनि दफामा सञ्चारमाध्यममा प्रवाह भएका सामग्रीका सन्दर्भमा ऐनका प्रावधानहरु लागु हुदैन भन्ने व्यवस्था नरहेको र सञ्चारमाध्यम सम्बन्धी छुट्टै ऐनहरुमा समेत ऐनमा उल्लेखित विषयका सन्दर्भमा कुनै प्रावधानहरु नै नराखिएकाले ऐनबाट सञ्चारमाध्यम र पत्रकारहरु पीडित बन्न सक्ने भन्दै यस्ता ऐन लाइ तत्काल सच्याउनु पर्नेमा जाड दिए । त्यस्र्तै कार्यक्रममा नेपाल प्रेस यूनियानका महासचिव अजयवावु सिवाकोटी लगाएतले सम्वोधन गनुभएको थियो ।


ताजा समाचार